८ लाख मूल्य बराबरको तस्करीको सामान बरामद, चारजना पक्राउ

८ लाख मूल्य बराबरको तस्करीको सामान बरामद, चारजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धनगढी : सशस्त्र प्रहरी सीमा सुरक्षा बलले भारतबाट तस्करी गरि ल्याएको ठूलो परिमाणमा सामानसहित चारजना पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरको टोलीले बुधबार झण्डै ८ लाख बराबरको सामान र तस्करीमा संलग्न भएको आरोपमा चारजना महिला पक्राउ परेका हुन्। 

सशस्त्र प्रहरी नायब उपरीक्षक बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ७ लाख ९८ हजार मुल्य बराबरको सामान बरामद गरेको हो ।

प्रहरीले लेडिज सुट १७२ थान, धोती साडी    १३२ थान,क्यापासिटर ५० थान,कुलर पम्प ६ थानसहित विभिन्न मोटरपार्टस,विद्युतका सामान बरामद गरेको हो।  सशस्त्र प्रहरीले उक्त सामानको ७ लाख ९८ हजार मुल्यांकन गरेर कैलाली भन्सार कार्यालय बुझाएको छ । 

सशस्त्र प्रहरीले उक्त सामान तस्करीमा संलग्न भएको आरोपमा धनगढी उपमहानगरपालिका- २ का महेश्वरी बिष्ट,तुलसी भट्ट,धना साउद र गौरी ओझालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले फागुन ६ गते यता मात्र १८ लाख ५६ हजार बराबरको सामान पक्राउ गरी भन्सार बुझाएको र १ लाख ३७ हजार मुल्य बराबरको कुखुरा र माछा बरामद गरी नष्ट गरेको जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.