महाशिवरात्रि : खटिए ४ हजार ९४ सुरक्षाकर्मी, मोबाइल गस्तीदेखि ड्रोनबाट निगरानी

महाशिवरात्रि : खटिए ४ हजार ९४ सुरक्षाकर्मी, मोबाइल गस्तीदेखि ड्रोनबाट निगरानी
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : महाशिवरात्री सुरक्षाको लागि ४ हजार ९४ प्रहरी कर्मचारी परिचालन हुने भएका छन्। उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेसराज मैनालीका अनुसार महाशिवरात्रीको अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर परिसरमा स्वदेशी विदेशी भक्तजनको अत्यधिक भीड लाग्ने भएकाले विशेष सुरक्षा योजना लागु गरिएको छ। 

पशुपतिनाथ मन्दिर परिसरमा शान्ति सुरक्षा तथा सवारी व्यवस्थापन गर्नका लागि एकिकृत सुरक्षा योजना अन्तर्गत प्रविधि र प्रहरीको परिचालन गरिएको हो। फागुन २४ गते देखि २६ गतेसम्म यहि योजनाअनुसार नै पशुपति क्षेत्रको निगरानी र सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। 

मेलामा कर्डन, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती स्टाइकिङ मार्फत गस्ती गरिनेछ। भिडभाडमा हुन सक्ने अपराध, चोरी लुटपाट जस्ता कार्य रोक्नको लागी ड्रोन, सीसीटिभी क्यामेरा, बडी वर्न क्यामेराले निगरानी गरिने उनको भनाई छ। 

पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको स्वास्थ्यलाई ध्यान राख्दै नेपाल प्रहरी अस्पतालबाट चिकित्सकसहितको एम्बुलेन्स पशुपति परिसरमा तयारी अवस्थामा रहनेछ। आपत विपद् आई परेमा तालिम प्राप्त उद्धारकर्मीलाई रिजर्भमा राखिएको छ। 

मेलामा तीन सिफ्टमा ३ हजार ७२ जना सुरक्षाकर्मी परिचालन हुनेछन्। जसमा २ हजार १५७ जना पुरुष र ९१५ जना महिला सुरक्षाकर्मी खटाइएको छ।  सादा पोसाक, सञ्चार, ड्रोन अपरेटर, ट्राफिक व्यवस्थापन गरी ४ हजार ९४ जना सुरक्षाकर्मी परिचालन भएका छन्। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा मातहत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन र जिल्ला प्रहरी परिसर काठमाडौँको सहकार्य रहेको छ। 
मन्दिर परिसरमा सुरक्षा प्रदान गरिनुका साथै सवारी व्यवस्थापनमा चुस्त र कडाइ गरिएको प्रवक्ता मैनालीले जानकारी दिए। मेला अवधिभर जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीको कमान्डमा प्रहरी परिचालन गरिएको छ। 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी दिपक थापाका अनुसार महाशिवरात्री पर्वलाई सुरक्षित र भव्य बनाउनका लागी सम्पूर्ण तयारी पुरा भएको छ। भीडभाडमा जादा महंगा र बहुमुल्य गरगहना प्रयोग नगर्न प्रहरीको अनुरोध छ। सवारी चापलाई व्यवस्थापन गर्नका लागी ५८३ ट्राफिक प्रहरी परिचालन गरिएको बताउँदै थापाले मेलामा अवान्छित गतिविधी नगर्नका लागी आग्रह गरे। थापाले भने, ‘कुनैपनि अखाद्य खानेकुरा सेवन नगरौं, अपरिचित व्यक्तिले दिएको खानेकुरा प्रयोग नगरौं।’ शिव भगवानको प्रसादको नाममा गाजाँ भाङ जस्ता लागुऔषध प्रयोग नगर्न उनको सुझाव छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.