महाशिवरात्रि सुरक्षा, ड्रोनबाट निगरानी

महाशिवरात्रि सुरक्षा, ड्रोनबाट निगरानी
फाइल तस्बिर।

काठमाडौं : महाशिवरात्रीका अवसरमा पशुपति परिसरको सुरक्षाका लागि ४ हजार ९४ प्रहरी परिचालन गरिएका छन्। उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा स्वदेशी विदेशी भक्तजनको अत्यधिक भीड लाग्ने भएकाले त्यहीअनुसारको विशेष सुरक्षा योजना पनि लागु गरिएको जानकारी दिए। 

पशुपतिनाथ मन्दिर परिसरमा शान्ति सुरक्षा तथा सवारी व्यवस्थापन गर्नका लागि एकीकृत सुरक्षा योजनाअन्तर्गत प्रविधि र प्रहरीको परिचालन गरिएको हो। फागुन २४ गतेदेखि २६ गतेसम्म योजनाअनुसार नै पशुपति क्षेत्रको निगरानी र सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। मेलामा कर्डन, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती स्टाइकिङमार्फत गस्ती गरिनेछ। भीडभाडमा हुन सक्ने अपराध, चोरी लुटपाट जस्ता कार्य रोक्नको लागि ड्रोन, सीसीटिभी क्यामेराका साथै बडी वर्न क्यामेराले पनि निगरानी गरिनेछ। पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको स्वास्थ्यमा ध्यान राख्दै  नेपाल प्रहरी अस्पतालबाट चिकित्सकसहितको एम्बुलेन्स पशुपति परिसरमा तयारी अवस्थामा रहनेछ। आपत विपद् आई परेमा तालिम प्राप्त उद्धारकर्मीलाई रिजर्भमा राखिएको छ। मेलामा तीन सिफ्टमा ३ हजार ७२ जना सुरक्षाकर्मी परिचालन हुनेछन्। सादा पोसाक, सञ्चार, ड्रोन अपरेटर, ट्राफिक व्यवस्थापन गरी ४ हजार ९४ जना सुरक्षाकर्मी परिचालन भएका छन्। 

मन्दिर परिसरमा सुरक्षा प्रदान गरिनुका साथै सवारी व्यवस्थापनमा चुस्त र कडाइ गरिएको प्रवक्ता मैनालीले जानकारी दिए। मेला अवधीभर जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीको कमान्डमा प्रहरी परिचालन गरिएको छ। 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार महाशिवरात्री पर्वलाई सुरक्षित र भव्य बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। भीडभाडमा जाँदा महँगा र बहुमूल्य गरगहना प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ। सवारी चापलाई व्यवस्थापन गर्नका लागि ५ सय ८३ ट्राफिक प्रहरी परिचालन गरिएको बताउँदै थापाले मेलामा अवान्छित गतिविधि नगर्न आग्रह गरे। थापा भन्छन्, ‘कुनै पनि अखाद्य खानेकुरा सेवन नगरौं, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔं र भगवान्को प्रसादको नाममा गाँजा भाङ जस्ता लागुऔषधको पनि प्रयोग नगरौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.