बेहुलासहित ६ जना पक्राउ

दाइजोमा बेहुलाले सुनको सिक्री नपाएपछि बिहे नै भाँडियो

दाइजोमा बेहुलाले सुनको सिक्री नपाएपछि बिहे नै भाँडियो
उमेश र रमिताको बिहेका लागि रमिताको घरमा बनाइएको विहेको मण्डप (जग्गे)। तस्बिर : क्रान्ति शाह

बेहुली पक्षले दाइजोमा बेहुला पक्षलाई नगद आठ लाख ५० हजार रुपैयाँ,मोटरसाइकल बापत नगद ३ लाख २५ हजार रुपैयाँ,६५ हजार रुपैयाँको एक थान ल्यापटप,करिब ४० हजार रुपैयाँ मुल्यको सुनको सिक्री बिहेअगाडि नै दिइसकेको थियो ।

वीरगन्ज : दाइजोमा बेहुली पक्षले बेहुलालाई  सुनको सिक्री नदिएको विषयमा विवाद हुँदा वीरगन्जमा एउटा बिहेनै भाँडिएको छ । वीरगन्ज महानगरपालिका -२४ रामगढवामा सोमबार राति विहेको मण्डपमा वैवाहिक समारोह चलिरहकै बेला बेहुलाले सुनको सिक्री मागेको विषयमा बेहुली पक्षसँग विवाद हुँदा कुटपिटसमेत भए बिहेनै भाँडिएको हो । 

बाराको कलैया उपमहानगरपालिका- ४ सिनेमा चोकका बच्चालाल साहका छोरा उमेश साह र वीरगन्ज २४ रामगढवाका सुखल सहकी छोरी रमिता कुमारीको बिहेभाँडिएको हो । बेहुला उमेश वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् भने बेहुली रमिता वीरगन्जकै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् । 

एक थान मात्रै गहना बेहुलीलाई दिएपछि बेहुली पक्षले गहना थोरै भएको गुनासो गरे। त्यहि निहुँमा बेहुला उमेश र उनका भिनाजु आनन्दले दाइजोमा सकारेको सुनको सिक्री किन नदिएको भन्दै बेहुली पक्षसँग निहुँ खोजेर झगडा गर्न थाले । उक्त विवाद चर्किदै गएर दुवै पक्षबीच हात हालाहाल पनि भयो ।

बिहेभाँडिएपछि प्रहरीले बेहुला उमेश,उनका बुबा बच्चालाल,दाजुहरु राकेश साह र मुकेश साह,भिनाजु आनन्द साहसहित बेहुला पक्षका ६ जनालाई नियन्त्रणमा लिएको छ । बिहेचल्दै गरेका बेला बेहुला र बेहुली पक्षबीच विवाद भएको खबर आएपछि दुवै पक्षलाई प्रहरी कार्यालयमा झिकाएर छलफल गर्दा पनि सहमति नजुटेपछि बेहुला पक्षका ६ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङले बताए । उनले भने,‘छलफलमा सहमति जुटेन। त्यसपछि नियन्त्रणमा लिइएका बेहुलासहितका ६ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइदिएका छौं।’

कसरी  भाँडियो बिहे?

वीरगन्ज -२४ रामगढवास्थित बेहुली रमिताको घरमा सोमबार बेलुकी बाजागाजका साथ जन्ती आयो । वैवाहिक कार्यक्रम सुरू भयो । बेहुला र बेहुलीबीच बरमाला(स्वयम्बर)पनि धुमधामका साथ भयो । जन्तीहरूले भोजभतेर पनि मज्जाले खाए । त्यसपछि मधेसी समुदायको परम्परा अनुसार जग्गेमा कनिया निरिक्षन (जेठाजुले बहुलीलाई पूज्ने विधी) सुरु भयो । त्यसक्रममा बेहुला पक्षले बेहुलीको हातमा सुनको एक थान मात्रै गहना चढाए । एक थान मात्रै गहना बेहुलीलाई दिएपछि बेहुली पक्षले गहना थोरै भएको गुनासो गरे। त्यहि निहुँमा बेहुला उमेश र उनका भिनाजु आनन्दले दाइजोमा सकारेको सुनको सिक्री किन नदिएको भन्दै बेहुली पक्षसँग निहुँ खोजेर झगडा गर्न थाले । उक्त विवाद चर्किदै गएर दुवै पक्षबीच हात हालाहाल पनि भयो । बेहुलीका मामा विन्दु भूषण साहले भने, ‘बेहुलाका भिनाजु आनन्दले बेहुलीका भाइ अमितको घाँटी नै न्यााकेर हातपात गरे । बेहुला उमेश स्वयम‍्ले बेहुलीलाई पनि दुई/ तीन थप्पड हाने । त्यसपछि विवादले झन् उग्र रुप लियो । अनि हामीले प्रहरीलाई खबर गर्यौं।'

सोमबार राति बिहेको जग्गेमै बेहुला र उनका भिनाजुले दाइजोमा थप सुनको सिक्री नपाएको निहुँ खोजेर बिहे भाँडेको बेहुलीका मामा विन्दुभूषणको दाबी छ । विन्दुभूषणले भने,‘ पहिलो कुरो त जबसम्म ल्याप्टप  दिएका थिएनौं तबसम्म बेहुला पक्षले बिहेको मिति नै तोक्न मानेका थिएनन् । ल्यापटप घरमा पुर्‍याएपछि मात्रै विहेको मिति फिक्स गरेका थिए ।

बेहुलीका मामा विन्दुभूषणका अनुसार,बेहुली पक्षले दाइजोमा बेहुला पक्षलाई नगद आठ लाख ५० हजार रुपैयाँ,मोटरसाइकल बापत नगद ३ लाख २५ हजार रुपैयाँ,६५ हजार रुपैयाँको एक थान ल्यापटप,करिब ४० हजार रुपैयाँ मुल्यको सुनको सिक्री बिहेअगाडि नै दिइसकेको थियो ।

त्यसका बाबजुद पनि सोमबार राति बिहेको जग्गेमै बेहुला र उनका भिनाजुले दाइजोमा थप सुनको सिक्री नपाएको निहुँ खोजेर बिहे भाँडेको बेहुलीका मामा विन्दुभूषणको दाबी छ । विन्दुभूषणले भने,‘ पहिलो कुरो त जबसम्म ल्याप्टप  दिएका थिएनौं तबसम्म बेहुला पक्षले बिहेको मिति नै तोक्न मानेका थिएनन् । ल्यापटप घरमा पुर्‍याएपछि मात्रै विहेको मिति फिक्स गरेका थिए । अर्को कुरा दाइजोमा सुनको सिक्री दिने भनेर सकारेकै थिएनौं । तर त्यसैलाई निहुँ बनाएर बिहेनै भाँडे।’

बेहुली रमिताले भनिन्,‘दाइजोकै लागि मेरो घरपरिवारको इज्जत लिलाम गर्ने केटासँग म बिहेगरेर बस्न सक्दिन । म उसँग कुनैपनि हालतमा बिहेगर्न सक्दिन ।’ उनले थपिन्,‘दाइजोकै लागि मजस्तै अरु पनि चेलीबेटी र उसको परिवारको यस्तो हालत नहोस् अनि दाइजोका लोभीलाई कारवाही होस् भनेर मैले यो निर्णय लिएकी हुँ।’
 

मंगलबार बिहान वडा प्रहरी कार्यालय श्रीपुरमा प्रहरी निरीक्षक थिङको उपस्थितिमा दुवै पक्षबीच भएको छलफलमा बेहुली रमिताले दाइजोको लोभी केटासँग बिहेनगर्ने अडान राखेपछि प्रहरीले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । 

छलफलबाट बाहिर निस्किएकी बेहुली रमिताले अन्नपूर्णपोष्टकर्मीसँग भनिन्,‘दाइजोकै लागि मेरो घरपरिवारको इज्जत लिलाम गर्ने केटासँग म बिहेगरेर बस्न सक्दिन । म उसँग कुनैपनि हालतमा बिहेगर्न सक्दिन ।’ उनले थपिन्,‘दाइजोकै लागि मजस्तै अरु पनि चेलीबेटी र उसको परिवारको यस्तो हालत नहोस् अनि दाइजोका लोभीलाई कारवाही होस् भनेर मैले यो निर्णय लिएकी हुँ।’
 
जिल्ला प्रहरी कार्यालय पर्सााका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले भने वडा प्रहरी कार्यालयमा भएको छलफलमा सहमति नभएपछि बेहुलासहित उनी पक्षका ६ जनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको बताए । उनले भने,‘पीडित पक्ष जाहेरी लेखाउन गएको छ । जाहेरी लिएर आएपछि दर्ता हुन्छ । अनि त्यसै अनुसार थप प्रक्रिया अगाडि बढ्छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.