नाइट्रोभेट ट्याब्लेटसहित एकजना पक्राउ

नाइट्रोभेट ट्याब्लेटसहित एकजना पक्राउ
सुन्नुहोस्

वीरगन्ज : प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित वीरगन्जमा एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१३ राधेमाई घर भएका ४८ वर्षीय विनोद गुप्ता रहेका छन्।

गुप्तालाई नेपालमा प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ट्याब्लेट एक हजार ८०० पिससहित पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक  कुमार विक्रम थापाले जानकारी दिए।

थापाका अनुसार सोमबार दिउँसो वीरगन्जको पावर हाउस चोकबाट गण्डक चोकतर्फ पैदल जाँदै गरेका गुप्तालाई प्रहरीले पावर हाउस चोकमा रोकेर चेकजाँच गरेको थियो। त्यसक्रममा उनको शरीर खानतलासी गर्दा उनले बोकेको कालो प्लाष्टिकको झोलाबाट ३० ट्याब्लेटका दरले ६० पत्तामा एक हजार ८०० पिस प्रतिबन्धित लागुऔषध नाईट्राभेट ट्याबलेट फेला परेको थापाले बताए।

लागुऔषधसहित पक्राउ परेका गुप्तालाई प्रहरी हिरासतमा राखेर उनीविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जानकारी थापाले दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.