हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवतीसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१० का ३२ वर्षीय कुनाल जयसवाल,वडा नम्बर २२ का ३९ वर्षीय वीरेन्द्र साह तेली, २० वर्षीया रेखा कुमारी साह र पर्साको जगरनाथपुर गाउँपालिका-६ का २५ वर्षीय मितु कुमार कुर्मी रहेका छन्।

पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलका अनुसार वीरगन्ज १० आदर्शनगरस्थित कुनाल जयसवालको किराना पसलबाट उनीहरूलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो।

जयसवालको किराना पसलबाट प्रहरीले नगद चार लाख तीन हजार नेपाली रुपैयाँ, विभिन्न बैंकको चेकबुक १३ थान,विभिन्न मितिमा काटिएको चेक ६६ थान,नबिल बैंक, एनआइसी एसिया र नेपाल राष्ट्र बैंकमा गरी ३१ लाखभन्दा बढी रकम जम्मा गरिएको डिपोजिट स्लीप पाँच थान, एटीएम कार्ड तीन थान र मोबाइल फोन सात थान बरामद गरिएको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए।

पक्राउ परेकाहरू विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको ढुंगेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.