वीरगन्ज भन्सार क्षेत्रबाट नगद पाँच लाखसहित एक भारतीय युवक पक्राउ

वीरगन्ज भन्सार क्षेत्रबाट नगद पाँच लाखसहित एक भारतीय युवक पक्राउ
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको नगद पाँच लाख नेपाली रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहारको रक्सौल नगरपञ्चायत-७ का २४ वर्षीय उमेश कुमार यादव रहेका छन्। सशस्त्र प्रहरीले यादवलाई आइतबार पक्राउ गरेको हो।

रक्सौलबाट पैदल वीरगन्ज आइरहेका यादवलाई वीरगन्ज भन्सार क्षेत्रको शंकराचार्य प्रवेशद्वारमा सशस्त्र प्रहरीले  रोकेर शरीर खानतलासी गर्दा उनको साथबाट श्रोत खुल्न नसकेको नेपाली  १ हजार दरका ५ सय थान नोट बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए।

यादवलाई आवश्यक कारबाहीका लागि आइतबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.