नेपालको भन्सार हुकुमी शैलीमा चलिरहेको छ : प्रदीप यादव

नेपालको भन्सार हुकुमी शैलीमा चलिरहेको छ : प्रदीप यादव
सुन्नुहोस्

वीरगन्ज : जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले नेपालको सीमा नाकामा रहरेका भन्सार हुकुमी शैलीमा चलिरहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभामा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको भन्सार विधेयकमाथि आफ्नो धारणा राख्दै पर्सा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले भन्सारमा तस्कर र कर्मचारीहरूको राज रहेको बताए।

उनले भन्सार कार्यालयका कर्मचारीहरूको मिलोमतोमा तस्करहरूले कम बिलबिजक देखाएर राजश्व छलेर मालसामान भित्र्याइरहेको बताए। यादवले भने, ‘भन्सार हुकुमी शैलीमा चलिरहेको छ। किनभने आयातकर्ताले भन्सार मूल्यपुस्तिकाभन्दा कम मूल्यको बिलबिजक पेस गरेमा भन्सार विभागले ५० प्रतिशत जरिवाना लाग्छ। तर, भन्सार मूल्यपुस्तिकाभन्दा बढी बिलबजिक पेस गरेर सोहीअनुसार एलसी खोल्छ। त्यसमा जरिवाना लाग्दैन। बिलभन्दा बढी रकम हुण्डीमार्फत देशमा आइरहेको छ। यसले राज्यलाई घाटा भइरहेको छ।’

भन्सारको अहिलेको नीति नै स्वदेशी उद्योगलाई डुबाउने खालको रहेको यादवको भनाइ छ। विदेशबाट आउने कच्चा पदार्थको भन्दा तयारी वस्तुको आयातमा लाग्ने भन्सार राजश्व दर कम रहेको उनले बताए। जसका कारण विदेशबाट कच्चा पदार्थ आयात गरेर उत्पादन गरिरहेका स्वदेशी उद्योगहरूले आफ्ना मालवस्तु विदेशमा निर्यात गर्न नसकिरहेको उनले बताए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.