लिङ्देनले भने : दरबार हत्याकाण्ड छानबिन गरेर पूर्वराजा ज्ञानेन्द्रलाई जेल कोच्ने हिम्मत छ ?

लिङ्देनले भने : दरबार हत्याकाण्ड छानबिन गरेर पूर्वराजा ज्ञानेन्द्रलाई जेल कोच्ने हिम्मत छ ?
सुन्नुहोस्

वीरगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजदरबार हत्याकाण्डको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन ठूला दलहरुलाई चुनौती दिएका छन्। बुधबार बिहान वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहको लोकप्रियताबाट अत्तालिएर ठूला दलहरुले दरबार हत्याकाण्डमा पूर्वराजालाई मुछ्ने गरेको बताएका हुन्।

उनले भने, ‘जब जब राजाको लोकप्रियता बढ्छ, तब तब ठूला दलहरुले राजालाई धम्क्याउन दरबार हत्याकाण्डमा राजालाई मुछ्दै आएका छन्।’

उनले शाह दोषी लागे दरबार हत्याकाण्डको किन छानबिन गरेनन् भन्दै प्रश्न गरे।‘बारम्बार दरबार हत्याकाण्डसँग जोडेर पूर्वराजालाई धम्क्याउने र बदनाम गर्न खोज्नेहरुले हिम्मत छ भने छानबिन आयोग गठन गरेर सत्यतथ्य सार्वजनिक गरुन्।’उनले थपे, ‘यदि दरबार हत्याकाण्डमा पूर्वराजा दोषी नै थिए भने दरबार हत्याकाण्डपछि शेरबहादुर देउवा,केपी ओली,प्रचण्ड,माधव नेपालहरु पटक पटक प्रधानमन्त्री भए। आफू पटक पटक प्रधानमन्त्री भएका बेला ती नेताहरुले दरबार हत्याकाण्डको किन छानबिन गरेनन् ? किन राजालाई  जेलमा हालेनन्’, लिङ्देनको प्रश्न थियो।

अध्यक्ष लिङ्देनले गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लगायतका एजेन्डा लिएर अहिले राप्रपा जनताको बिचमा आएको बताए। राप्रपाका यी मुद्दाको पक्षमा जनताको समर्थनपनि प्राप्त भइरहेको दाबी उनले गरे।

अध्यक्ष लिङ्देनले नेपालमा गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना नेपाली जनताकै बलमा हुनुपर्ने राप्रपाको मान्यता रहेको बताए। यसमा कुनैपनि विदेशी शक्तिको हस्तक्षेप राप्रपालाई स्वीकार्य नहुने उनले बताए।

अध्यक्ष लिङ्देनले भने,‘विदेशीको साथ र सहयोगबाट आउने कुनैपनि परिवर्तन स्थायी हुँदैन। जनताको लागिपनि हितकर हुँदैन। यो कुरा गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताले नै पुष्टि भइसकेको छ।’

गणतन्त्र र संघीयताले नेपालीको पहिचान, धर्म,भाषा,संस्कृतिलाई खतरामा पारेकाले राप्रपाले गणतन्त्र र संघीयता खारेजीको माग गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.