मोक्षधाम बन्यो सिर्जनाको संगमस्थल

मोक्षधाम बन्यो सिर्जनाको संगमस्थल
सुन्नुहोस्

काभ्रे : पनौतीको कुशादेवी दारिमबोटस्थित आदित्य मोक्षधाम सोमबार काव्यमय बन्यो। मोक्षधामको शान्त एवं रमणीय वातावरणमा गुन्जिएका कविताले त्यहाँको माहोललाई झनै रोमाञ्चक बनायो। 

कार्यक्रममा एकातर्फ नेपालका वरिष्ठ कविहरू कविता वाचन गर्दै थिए भने अर्कोतर्फ वरिष्ठ कलाकार नरेन्द्रबहादुर श्रेष्ठले जरामा जीवन खोज्दै थिए। विभिन्न वनस्पतिका जरामा कुदेर कलाकार श्रेष्ठले तयार पारेका ५२ कलाकृति प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीले मोक्षधाममा आयोजित काव्य गोष्ठीमा पुगेका साहित्य एवं कलाअनुरागीको ध्यान आकृष्ट पारेको थियो। 

काव्य माहोलकाबीच नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र ॐ आदि बाल गुरुको उपस्थितिले कार्यक्रममा छुट्टै रौनक थपेको थियो। कार्यक्रममा राजनीतिज्ञ, कवि, साहित्यकार, समाजसेवीलगायत तीन दर्जन बढी साहित्यप्रेमीले विभिन्न शीर्षकमा प्रस्तुत गरेका कविता कुञ्जले राष्ट्रियताको भाव झल्काएका थिए। कार्यक्रममा नेकपा एमालेका अध्यक्ष ओलीले ॐ  आदि बाल गुरुको प्रतिभाबारे खुलेर प्रशंसा गरे। उनले ॐ  आदि बाल गुरु को हुन् भन्ने पत्ता लगाउन विज्ञानलाई समेत चुनौती रहेको बताए। ‘मानव जीवनमा ज्ञानको स्रोत वा गुरु केही वा कुनै न कुनै हुन्छ’, उनले भने, ‘गुरु आदित्यको ज्ञानको स्रोतबारे अति आश्चर्य रहने अलौकिक शक्ति छ। त्यसबारे खोजी गर्नुपर्ने चुनौती विज्ञान क्षेत्रलाई छ।’

गुरु बिनाको मान्छे नहुने भन्दै ओलीले बाल गुरुमा केही शारीरिक अशक्तता भए पनि अद्भूत क्षमता रहेको बताए। ‘विभिन्न भाषामा लेखेका उहाँका हरेक भनाइहरू गुरु वचनका रूपमा छन्। आश्चर्य यो हो कि यस्तो अलौकिक क्षमता कहाँबाट आयो ?’ उनले भने, ‘विद्वान्हरूको स्तरमा लेखिएका उहाँका शब्द चयन अति उत्कृष्ट र महत्वपूर्ण छन्। कुनै गुरु र विद्यालय शिक्षा नभई यो ज्ञान कहाँबाट प्राप्त भयो, वैज्ञानिकहरूले खोज अनुसन्धान गर्नु जरुरी छ।’ 

काव्य गोष्ठीमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले मोक्षधाममा मुख्य स्तम्भ निर्माणको काम ८० प्रतिशत सम्पन्न हुने क्रममा रहेको बताए। ‘विश्वको आठौं आश्चर्यको रूपमा परिकल्पित र सिर्जना भएको गुरु आदित्य मोक्षधाममा निर्माण हुने १०८ वटा संरचना र मोक्षधामको काम भइरहेको छ’, उनले भने, ‘अहिले एउटा स्तम्भ बन्दै गरेको छ। यसको निर्माणमा गुरु आदित्यबाट सिक्दै बनाउँदै गरिरहेका छौं।’ मोक्षधाम आएर अवलोकन गर्न र सुझाव दिन उनले सरोकारवालाहरूलाई अपिल गरेका छन्। 

त्यस अवसरमा नेकपा एमालेका नेता तथा साहित्यकार प्रदीप ज्ञवालीले एक्लो परेवा शीर्षकको कविता वाचन गरे। 

कार्यक्रममा एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वअर्थमन्त्री विष्णु पौडेल, पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा, पूर्वमन्त्री रेशम लामा, ॐ आदि फाउन्डेसनका अध्यक्ष उपेन्द्र महतो, धुलिखेल नगरपालिका मेयर अशोककुमार ब्यन्जु, पनौती नगरपालिका मेयर रामशरण भण्डारी, पनौती नगरपालिका पूर्वमेयर भीम न्यौपाने लगायतको उपस्थिति थियो। 

गत वर्ष फागुन १६ देखि १८ गतेसम्म पनौती दारिमबोट ॐ आदि मोक्षधाममा विश्वकै नमुना आध्यात्मिक तीर्थस्थल बनाउन महाअनुष्ठान भएको थियो। आदिचन्द्र योगी बालयोगी आदित्यको परिकल्पनामा आदित्य मोक्षधाम निर्माणका लागि महाअनुष्ठान भएको थियो। 

बालगुरु ॐ आदित्यबाट कविहरू प्रभावित 

कार्यक्रममा सहभागी कवि तथा साहित्यकारहरू बालगुरू ॐ आदित्यको प्रतिभाबाट प्रभावित भएका छन्। 

कवि गीता कार्कीले आध्यात्मिक बाल गुरुले लिएको विश्व शान्ति राष्ट्र निर्माण गर्ने योजनाको आधार भूमि आदि धाम पुगेर कवि वाचन गर्न पाउँदा छुट्टै अनुभूति भएको बताइन्। 

‘यस्तो अर्थपूर्ण कार्यले धार्मिक सांस्कृतिक पर्यटन क्षेत्रमा थप सहयोग पुग्ने देखिन्छ। यहाँ ॐ आदि मोक्षधामको रमणीय वातावरणमा कविहरूको प्रस्तुतिले थप ऊर्जा मिलेको छ’, उनले भनिन्। 

साहित्यकार ज्ञानु अधिकारीले अध्यात्म र धार्मिक आस्थाको विषयलाई थप अध्ययन गनुपर्ने धारणा राखिन्।

ॐ आदित्य तेस्रो मोक्षधाम काव्य गोष्ठीबारे आफ्नो कलाकृति जरामा जीवनको अर्थ खोजी रहेका वरिष्ठ साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले भने, ‘मैले हरेक जरामा जीवनको अर्थ खोज्न जराको वास्तविक स्वरूपलाई कुनै परिवर्तन गरेको छैन, केवल संयोजन र संकलन मात्रै गरेको हुँ। यी ५२ ओटा संकलित जराको छुट्टाछुट्टै अर्थ र जीवन भेटिन्छ।’ 

जीवनको अर्थ केवल जन्म अनि बाँचुन्जेल काम मात्रै नभएको उनको भनाइ छ। श्रेष्ठको जरामा अर्थ खोज्दै कला सोमबारदेखि चैत १८ गतेसम्म आदि मोक्षधाममा प्रदर्शनीमा राखिनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.