चक्कु प्रहारबाट बुटवलमा एक युवक गम्भीर घाइते

चक्कु प्रहारबाट बुटवलमा एक युवक गम्भीर घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बुटवल : युवाहरुबीच भएको विवादमा चक्कु प्रहार गरेर बुटवलमा एक जना गम्भीर घाइते भएका छन्। मंगलबार राती ९ बजे बुटवल उपमहानगरपालिका–९ तीनकुनेमा आपसी विवाद हुँदा युवाहरुबीच झडप भएको थियो। 

चक्कु प्रहार भएपछि बुटवल उपमहानगरपालिका–३ का २७ वर्षीय सागर थापा गम्भीर घाइते भएका छन्। उनको बाँया कोखमा गम्भीर चोट लागेको छ। थापाको भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। 

चक्कु प्रहार गर्ने बुटवल उपमहानगरपालिका–३ का २२ वर्षीय सुजन गलामी र सोही उमेरकै युवराज पुनलाई प्रहरीले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। पण्डितका अनुसार झडप गर्ने ती युवाले लागुपदार्थ सेवन गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको पण्डितले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.