दाङबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु, एकजना गम्भीर

दाङबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु, एकजना गम्भीर
तस्बिर : अन्नपूर्ण

दाङ: दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट प्रवाह हुँदा दुईजनाको मृत्यु भएको छ। राप्ती राजमार्ग दाङअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका- ३ चोरखोलामा रा १ ख ८३४ नम्बरको बसमा ३३ केभी प्रसारण लाइनको तारले छुदा करेन्ट लागेर दुईजना यात्रुको घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीका प्रवक्ता गोपाल श्रेष्ठले पुष्टि गरे।

उनका अनुसार घटनामा एकजना गम्भीर घाइते भएका छन् भने १८ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको सल्यानको कपुरकोट स्वास्थ्य चौकीमा उपचार  भइरहेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.