टाइगर प्यालेसले बुझायो ५४ करोड बक्यौता

टाइगर प्यालेसले बुझायो ५४ करोड बक्यौता

चितवन : टाइगर प्यालेसले सरकारलाई राजस्वबापतको ५४ करोड रुपैयाँ बक्यौता बुझाएको छ। बक्यौता रकम तिरेर होटलले नवीकरण भएको टाइगर्स प्यालेसका अध्यक्ष बुद्धिसागर सुवेदीले बताए। 

भैरहवाको कोटिहवामा रहेको प्यालेसमा पाँच सय मजदुर आबद्ध छन्। ‘यसले मुलुककै पर्यटनमा नयाँ आयाम ल्याउनेछ। हामी उत्साहित छौं’, सुवेदीले भने, ‘सबै समाधान गरेर अब प्यालेस लयमा फर्किएको छ।’ नयाँ व्यवस्थापनले जिम्मा लिए पनि राम्ररी सञ्चालन हुन सकेको थिएन। सरकारलाई बक्यौता रकम तिरेपछि अब प्यालेसले गति लिने प्रमुख कार्यकारी दीपक लेखकले बताए। 

प्यालेसमा मजदुरको विवाद पनि समाधान भएको छ। क्यासिनो सञ्चालन अनुमति लिएको छ। ‘होटल पहिल्यै सञ्चालन गरेका हौं। नवीकरणले थप तयारीको बाटो खुलेको छ’, लेखकले भने, ‘अब केही समयपछि क्यासिनो पनि सञ्चालनमा ल्याउँदैछौं।’ एसएचएल म्यानेजमेन्ट सर्भिसेज कम्पनीले सन्ङरिला र टाइगर प्यालेस भैरहवामा गरी दुई क्यासिनोको सञ्चालन गरेको थियो। कोभिड संक्रमणका कारण बन्द भएको क्यासिनोको लाइसेन्स टाइगर प्यालेसले लिएको हो। 

करिब ६ महिनाको प्रयासपछि लाइसेन्स खुलेको हो।

सर्वाेच्च अदालतमा परेको २ सय ६० वटा विचाराधीन मुद्दा पनि फिर्ता भएको छ। २ सय ६४ मजदुरले मुद्दा दायर गरेका थिए। संयुक्त संघर्ष समितिसँग वार्ता गरेर समाधान गरिएको हो। मजदुरलाई पुनः रोजगारीमा फिर्ता हुने वा गोल्डेन ह्यान्डसेकको विकल्पमा सहमति गरेपछि मजदुरले मुद्दा फिर्ता लिएका हुन्। 

प्यालेस गैरआवासीय नेपालीले सञ्चालन गरेको सबैभन्दा ठूलो व्यवसाय हो। गत असारमा पाँच अर्ब रुपैयाँको लगानीमा खरिद गरिएको हो। १ सय २ कोठा रहेको प्यालेस १५ बिघा जमिनमा फैलिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.