क्यान्सरविरुद्ध जागरण जगाउँदै साइकल र्‍याली

क्यान्सरविरुद्ध जागरण जगाउँदै साइकल र्‍याली
तस्बिर : दीपेन श्रेष्ठ
सुन्नुहोस्

काठमाडौं : क्यान्सरविरुद्ध जागरण ल्याउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले राजधानीमा शनिबार भव्य साइकल र्‍याली आयोजना गरेको छ। ‘राइड फर लाइफ २०२४’ नारा दिइएको साइकल र्‍यालीमा ५ वर्षदेखि ७६ वर्षका साइकल राइडरले भाग लिएका थिए।

क्यान्सरविरुद्ध जागरण ल्याउन र साइकलमैत्री वातावरणका लागि नेटवर्कले हरेक वर्ष नेपाल क्यान्सर केयर फाउन्डे्सनको सहकार्यमा साइकल र्‍यालीको आयोजना गर्ने गरेको छ। यो नवौं संस्करण हो।  

अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित कार्यालय परिसरबाट सुरु भएको साइकल र्‍याली उपत्यकाका विभिन्न क्षेत्रको परिक्रमा गरी तीनकुनेस्थित कार्यालयमा पुगेर सम्पन्न भएको थियो। प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगर र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, प्रतिष्ठित व्यवसायी तथा समाजसेवी उपेन्द्र महतो, नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकाल, अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीले बिरुवामा पानी हालेर र्‍यालीको उद्घाटन गरेका थिए। 

त्यसक्रममा उपसभामुख मगरले साइकल संस्कृतिलाई प्रबद्र्धन गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘यसका लागि साइकिलिस्टहरूले वर्षौंदेखि अभियान चलाइरहेका छौं। अन्नपूर्ण पोस्ट्ले पनि क्यान्सर रोगविरुद्ध जनचेतना फैलाउन  स्वास्थ्यसँग जोडेर साइकललाई प्रोमोट गरिरहेको छ। त्यसका लागि एकदमै धन्यवाद दिन चाहन्छु।’ 

null

उपसभामुख रानाले अन्नपूर्ण पोस्ट्ले समाचार र विचार मात्र नभई देश रूपान्तरणका लागि रचनात्मक कार्य गर्दै आएको भन्दै खुसी व्यक्त गरिन्। ‘अन्नपूर्ण पोस्ट्ले समाचार र विचार मात्र नभई देश रूपान्तरणका लागि रचनात्मक कार्य गर्दै आएको छ’, उनले भनिन्, ‘क्यान्सर र स्वास्थ्यका बारेमा जनचेतना जगाउन कहिले ब्याडमिन्टन, कहिले साइकल र्‍याली, त कहिले समाचार र अन्तरक्रियामार्फत काम गर्दै आएको छ।’

उनले साइकललाई प्रवद्र्धन गरे प्रदूषणमा कमी आउने पनि बताइन्। स्वच्छ वातावरणका लागि सबै नागरिकले काम गर्नुपर्नेमा उपसभामुख राना मगरले जोड दिइन्। ‘गाउँघरमा रोग पनि पत्ता नलागेर कैयौं मान्छेहरू मृत्युको मुखमा परिरहेका छन,’ उनले भनिन, ‘धुँवा धुलोले फोक्सो क्यान्सरका बिरामीलाई झन् धेरै समस्या भइरहेको छ। 

‘हामी दिनदिनै विष सेवन गरिरहेका छौं,’ उनले भनिन्, ‘यस्तो बेलामा अन्नपूर्ण मिडिया नेटवर्कले वातावरण स्वच्छ राख्न र स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउन उत्कृष्ट प्रयास गरेको छ।’

जलवायु परिवर्तनले देश र विश्व संकटमा रहेको भन्दै उपसभामुख राना मगरले चिन्ता व्यक्त गरिन्।  

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले अन्नपूर्ण मिडिया नेटवर्क समाचार संकलन गर्ने र जनतालाई पस्किने काममा मात्र केन्द्रित नभई समुदायकै स्वास्थ्यप्रति संवेदनशील भएको बताए। ‘हाम्रो देश अति सुन्दर छ,’ क्याप्टेन थापाले भने, ‘यहाँ कुनै पनि रोग लाग्दैन भन्ने मानसिकता बनाउनुपर्ने प्राकृतिक देन भएको मुलुक हो। तर, विभिन्न किसिमको प्राणघात रोग लाग्न थालेका छन्। यसमा हामी सबै सजग हुनुपर्छ।’ क्यान्सरविरुद्धको कार्यक्रममा क्यान्सर केयर फाउन्डेसनको ठूलो भूमिका रहेको भन्दै क्याप्टेन थापाले खुसी व्यक्त गरे। 

‘महिलाको पाठेघरको क्यान्सर र आङको क्यान्सरको बारेमा सजग हुँदै र गराउँदै अघि बढ्ने प्रयास गरिरहेका छौं,’ नेटवर्कका अध्यक्ष क्याप्टेन थापाले भने, ‘यसमा आमजनताको सपोर्ट छ भन्ने लाग्छ। साइकल र्‍यालीले जनचेतना र स्वास्थ्यप्रतिको जिम्मेवार भूमिका निभाउन सबैलाई उत्प्रेरित गर्छ भन्ने विश्वास छ।’ समाजलाई स्वस्थ र स्वच्छ बनाउन सबैले अभियानमा साथ दिनुपर्ने उनले बताए।

null

नेपाल साइकल संघका अध्यक्ष सुदीप पौडेलले साइकल र्‍यालीमा ५ वर्षदेखि ७६ वर्ष उमेर समूहका साइक्लिष्टले भाग लिएको बताए। नेपाल प्रहरीको ब्यान्डबाजा र कलाकारको प्रस्तुतिले र्‍यालीलाई उल्लासमय बनाएको थियो। र्‍याली गौशाला, चाबहिल, बसुन्धरा, बालाजु, सोह्रखुट्टे, जमल, भद्रकाली, त्रिपुरेश्वर, नर्भिक अस्पताल, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमा पुगेको थियो। 

विजेतालाई आकर्षक उपहार

साइकल र्‍यालीमा सहभागीबीच ‘लक्की ड्र’ गरेर विभिन्न उपहार प्रदान गरिएको थियो। समीर डंगोलले ८० हजार रुपैयाँ पर्ने ‘प्यांक कस्टम’ बाइक हात पारे। 

null

दुषित थानी हिमालय रिसोर्ट धुलिखेलबाट रामबहादुर श्रेष्ठले ६० हजार रुपैयाँको ‘वान नाइट स्टे सहितको प्याकेज’  जिते। यस्तै रविन महर्जनले ३२ इन्चको स्मार्ट एलइडी टिभी उपहार पाए। सचिन श्रेष्ठले जोडीसहित दुसित प्रिन्सेस होटलमा वन नाइट स्टेका लागि ३५ हजारको प्याकेज उपहार पाए। 

त्यसैगरी विनोदकुमार गुप्ताले दुसित प्रिन्सेस काठमाडौंमा लञ्च वा डिनरको १५ हजार राशिको प्याकेज उपहार पाए। यस्तै, जंगल क्याम्प रिसोर्ट बूढानीलकण्ठमा १० हजार बराबरको प्याकेज बिजु बज्राचार्यले हात पारे। यस्तै चिरिया वाले, विकास केसी र राजु श्रेष्ठले प्यांक बाइकको गुडिज ब्याग पाए।

nullतस्बिर : अशोक दुलाल 

अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारी, नेपाल प्रहरी प्रवक्ता भीम ढकाल, अन्नपूर्ण पोस्ट्का राजनीतिक र समसामयिक ब्युरो प्रमुख नरेन्द्र साउद, मिडिया नेटवर्कका फाइनान्स म्यानेजर सुनिल पौडेललगायतले विजयीलाई उपहार प्रदान गरेका थिए। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.