फेक अकाउन्ट बनाएर बालिकालाई अश्लिल गाली

फेक अकाउन्ट बनाएर बालिकालाई अश्लिल गाली
सांकेतिक तस्बिर।
सुन्नुहोस्

सिन्धुपाल्चोकका सुमन खत्री काठमाडौं २६ गोल्खुपाखामा बस्छन्। एक्सचेन्ज कम्पनीमा काम गर्ने खत्रीको रुचि भने अनौठो छ। 

उनले विभिन्न नामका नक्कली फेसबुक अकाउन्ट चलाउने गर्छन्। कुनै अकाउन्ट महिलाको नाममा खोलेका छन् त कुनै पुरुषको नाममा छ। १४ वर्षीया बालिकामाथि साइवर अपराध गरेको आरोपमा हाल उनी प्रहरी हिरासतमा छन्। उनलाई नेपाल प्रहरीको साइवर ब्युरोले ठमेलबाट पक्राउ गरेको छ। 

साइवर ब्युरोका प्रवक्ता दिपक राज अवस्थीका अनुसार सुमनलाई सामाजिक सञ्जालमा भेटिने नाबालक बालिकाहरुको फोटोप्रति विशेष मोह छ। उनले फेसबुकमा देखिने अन्जान बालिकाहरुको फोटो प्रयोग गरेर साइवर अपराध गर्ने गरेका छन्। उनले आफूले चलाउने फेक अकाउन्टबाट बालिकाको फोटो मिसयुज गर्ने गरेका थिए। फोटो पोष्ट गर्दे नराम्रो गाली र अश्लिल शब्दहरु लेख्दै बालिकालाई मानसिक टर्चर दिने गरेका थिए। खत्रीले ६ जना नाबालिकाको फोटो मिसयुज गरेको र आफन्तलाई पठाएको आरोप छ। 

प्रहरीका अनुसार एक १४ वर्षीया बालिकाको आफन्तले सुमनविरुद्ध उजुरी दिएका छन्। काठमाडौंको एक बोर्डिङ स्कुलमा कक्षा ८ मा पढ्ने बिलीकाले केही महिनाअघि साथीसँग जन्मदिन मनाएको फोटो सामाजिक सञ्जालमा अपलोड गरेकी थिइन्। उक्त फोटोमा नक्कली आइडी बनाएका सुमनले कमेन्ट गरेपछि उनीहरुबीच चिनाजान भएको थियो। यही क्रममा नै बालिकाको फोटो सुमनले लिएको र गलत मनसायले प्रयोग गरेको प्रहरीको भनाइ छ। 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीका सुमन ले भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गरेपछि कसैले पनि थाहा पाउनन् भनेर फेक अकाउन्ट चलाउने गर्थे। उनले भीपीएनका विभिन्न साइटहरुमा नाबालिकाको फोटो भिडियो मिसयुज गर्ने गर्थे। 

खत्रीले सामाजिक सञ्जाल फेसबुकमा नाबालिग किशोरीहरुले पोस्ट गरेका फोटो डाउनलोड गर्थे। विभिन्न फेक आइडी खोली ती आइडीबाट किशोरीको फोटो प्रयोग गरी अश्लील क्याप्सन लेख्नुका साथै आफन्तहरूलाई समेत पठाउथे। 

अश्लील तस्बिर, भिडियो, फेसबुक म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको भन्दै किशोरीका काकाको व्युरोमा निवेदन दिएका थिए। उनीविरुद्ध  विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा अनुसन्धान भैरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.