त्रिशुलीमा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, ४१ घाइतेको उद्धार

त्रिशुलीमा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, ४१ घाइतेको उद्धार

काठमाडौं : कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको रात्रीबस त्रिशुलीमा खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ। त्यस्तै ४१ घाइतेको उद्धार गरी उपचार भइरहेको जनाइएको छ।  मृतकमध्ये ५ जना पुरुष र १ जना महिला रहेका प्रहरीले जनाएको छ।

लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस आज बिहान ५ बजे धादिङको गजुरी-५  घाटबेशीमा अनियन्त्रित भई त्रिशुली नदिमा खसेको थियो।

बसमा अनदाजी ५१ जना सवार  थिए। ४१ जना घाईतेको उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको प्रहरीले जनाएको छ। 

उक्त स्थानमा विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सप्रबउ मनिष थापाको कमाण्डमा ५५ जना, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिई उद्धार कार्य भइरहेको छ। 

साथै उक्त घटनामा सप्रबल, नेपाल प्रधान कार्यालय मर्मत शाखामा कार्यरत सप्रबह भविश्वर गैरे घाइते भएका र निजको छोरा हालसम्म बेपत्ता रहेको जनाइएको छ।

अन्यको पहिचान खुलेको छैन। समाचारको विस्तृत विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.