बस्तीमा पसिरहने गैंडालाई निकुञ्जको कोर क्षेत्रमा छोडियो

बस्तीमा पसिरहने गैंडालाई निकुञ्जको कोर क्षेत्रमा छोडियो
सुन्नुहोस्

चितवन : एउटै क्षेत्रमा संख्या धेरै भएपछि चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आन्तरिक स्थानान्तरण सुरु गरिएको छ। निकुञ्जको पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा गैंडा सारिएको छ। शुक्रबार पश्चिमी क्षेत्रको कावासोती नगरपालिका— २ स्थित नवदुर्गा मध्यवर्ती सामुदायिक वनबाट ३० वर्षको भाले गैंडा स्थानान्तरण थालिएको छ।

मानव बस्तीमा पसिरहने गैंडालाई निकुञ्जको मुख्यालयको पूर्वतर्फ रहेको तमोर ताल नजिक छोडिएको छ। यो बस्ती वरपर गइरहने गैंडालाई स्थानान्तरण गरेर व्यवस्थापन गरिएको हो। 

‘गैंडाको संख्या हेरेर व्यवस्थापन र संरक्षणको दृष्टिकोणले स्थानान्तरण गरेका हांै,’ निकुञ्जका सूचना अधिकारीसमेत रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले भने, ‘बस्तीमा पसिरहने गैंडालाई कसराबाट पूर्वतर्फ छोडेका छौं यसले सकारात्मक प्रभाव पर्ने ठानेका छौं।’ स्थानान्तरणका लागि तीन दिन अघिदेखि रेकी गरिएको थियो। पश्चिम क्षेत्रमा गैंडाको संख्या बढ्दै गएपछि निकुञ्जको पूर्वी क्षेत्रमा गैंडा स्थानान्तरण गर्न लागिएको हो। डार्ट गरेर काठको खोरमा राखेर लगिएको छ। १० वटा गैंडा स्थानान्तरण गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको योजना छ। पहिलो चरणमा ६ वटा गैंडा सारिँदैछ। 

यसरी गैंडा स्थानान्तरण गर्न लागिएको पहिलोपटक हो। स्थानान्तरणका लागि विज्ञ, पशु चिकित्सक, प्राविधिकसहित ६० जनाको टोली खटिएको छ। नवलपुरको दिव्यपुरी मध्यवर्ती सामुदायिक वनमा क्याम्प बनाएर बसेको छ। निकुञ्जको पाँच वटा हात्ती प्रयोग गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए। 

‘पहिलो चरणमा बस्तीमा पसेर क्षति पुर्‍याएका, बस्ती प्रवेश गर्दा जोखिमको खतरामा रहेका गैंडालाई पूर्वको कोर क्षेत्रमा सार्दैछौं’, उनले भने, ‘एउटै क्षेत्रमा धेरै हुँदा गैंडाको संख्या बढ्न नसक्ने भएकोले सारेका हौं।’ धेरै भएको कारण आपसमा जुध्ने खतरा पनि उत्तिकै हुन्छ। बाढीका कारण कतिपय गैंडा भारत पुगेका थिए। 

पहिला संख्या धेरै भएको पूर्वी क्षेत्रमा पर्याप्त बासस्थानको अभाव र आहाराको कमी हुँदै गएको थियो। अहिले सुधार भएकोले त्यस क्षेत्रमा गैंडा सार्न लागिएको निकुञ्जले जनाएको छ। 

पहिलो चरणमा पश्चिम क्षेत्रका विभिन्न स्थानबाट ६ वटा गैंडा पूर्वी क्षेत्रमा सारिँदैछ। निकुञ्जसहित राष्ट्रिय प्रकृति संरक्षण कोष, दातृ निकायहरू, विश्व वन्यजन्तु कोष र जेडएसएलको टोली छ। स्थानान्तरण गरिने गैंडा निश्चित गरेपछि डार्ट गरेर नियन्त्रणमा लिइन्छ । काठको खोरमा राखेपछि गैंडालाई एन्टिडोज दिएर होसमा ल्याइन्छ। 

खोर ट्रकमा राखेर आवश्यक स्थानमा लगेर छोडिन्छ। सन् २०२१ मा भएको गणनामा निकुञ्जमा ६ सय ९४ वटा गैंडा छन्। चितवन निकुञ्जले हालसम्म १ सय २ वटा गैंडा देशका विभिन्न ठाउँमा सारेको छ। विभिन्न ९ देशलाई २६ वटा गैंडा उपहारस्वरूप पठाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.