बिरामी सबै आफन्त
एक महिलाको पेटको क्यान्सरको शल्यक्रिया गरेँ। उनले तस्बिर खिचिदिन निकै कर गरिन्। मैले खिचेँ पछि जिज्ञासा राखेँ। उनले जवाफ फर्काइन्,
‘सासू–ससुराले गर्भ रहेको भन्नुभएको छ। मासुको डल्लोको कारण पेट फुलेको हो भन्ने थाहा छैन। प्रमाण देखाउनका लागि फोटो खिच्न भनेकी हुँ।’