विप्लवका गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय

विप्लवका गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय

काठमाडौं : सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। मंगलबार अबेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहका गतिविधि अपराधीकरणतर्फ उद्यत रहेको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले जानकारी दिए।

'विप्लव समूहका क्रियाकलापहरूलाई देशभर प्रतिबन्ध लगाउने निर्णय भएको छ', मन्त्रिपरिषद्को निर्णयबारे मन्त्री राईले अन्नपूर्णसँग भने, 'उसका गतिविधि राजननीतिक भन्दा पनि अपराधिक भए। त्यसैलाई प्रतिबन्ध लगाउने भनिएको हो।'

पछिल्ला दिनमा विप्लव नेतृत्वको पार्टीले राजधानीसहित देशभरका विभिन्न ठाउँमा बम विस्फोट तथा आगजनी गरेपछि सरकार क्रुद्ध बनेको थियो। 

प्रहरीले देशभर विप्लवका कार्यकर्तालाई पक्राउ समेत गरिरहेको छ। सरकारका तर्फबाट मन्त्रिपरिषद् बैठकको यो निर्णयबारे औपचारिक जानकारी आएको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.