लकडाउनमा सनीको चित्रकला

मुम्बई : बलिउड अभिनेत्री सनी लियोनले आजकल आफूलाई धेरै काममा व्यस्त बनाएकी छन्। तीमध्ये चित्रकारिताले प्राथमिकता पाएको छ।
उनले लकडाउनको यो समयमा कलाकृति सिर्जना गरेकी छन्। उनी आफूले बनाएको चित्र हेरेर मक्ख छिन्। उनले आफूले बनाएको चित्रको नाम ‘ब्रोकेन ग्लास–सार्ट आफ लाइक आवर लाइब्स एट द मोमेन्ट’ नाम दिएकी छन्।
आफूले बनाएको आकर्षक चित्र सोसल मिडियामा सेयर गर्दै सनीले लेखेकी छन्, ‘लकडाउनमा मैले बनाउन थालेको चित्र पूरा भएको छ। यो तयार हुन ४० दिन लग्यो। अहिले सबैजना टुक्रिएको महसुस गरिरहेका छन्। तर समग्र रूपमा बनेर तयार हुन ती प्रत्येक टुक्रा उत्तिकै महत्वपूर्ण हुन्छ त्यसैले सबैले मिलेर काम गर्ने हो भने फेरि आफूलाई पूर्ण महसुस गर्न सकिन्छ। यसका साथै तपाईं सबैलाई धेरै धेरै माया।’ एजेन्सी
प्रतिक्रिया दिनुहोस !
१
