साउदीले उछिन्यो रुसलाई

साउदीले उछिन्यो रुसलाई

जुरिच : आयोजक राष्ट्र रुस आगामी विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये फिफा वरीयतामा सबैभन्दा तल परेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरीयतामा रुस चार स्थान खस्कँदै सबैभन्दा तल ७०औं स्थानमा पुगेको हो । नयाँ वरीयतामा साउदी अरेबियाले पनि आयोजक रुसलाई जितेको छ । साउदी यसअघिको वरीयतामा रुसभन्दा तल थियो ।

नयाँ वरीयतामा साउदी ६७औं स्थानमा छ । साउदीको स्थान फेरबदल भएको छैन । संयोगवश आगामी विश्वकपमा रुस र साउदी समूह ‘ए’ मै परेका छन् । विश्वकपको उद्घाटन खेल पनि जुन १४ तारखिमा रुस र साउदीबीच नै हुनेछ । समूहगत चरणमा यी दुई टोलीले बलिया उरुग्वे र इजिप्टको सामना गर्नु पर्नेछ । रुसले विश्वकप तयारीका लागि खेलेका पछिल्ला अन्तर्राष्ट्रिय खेलमा निराशाजनक प्रदर्शन गरिरहेकाले पनि उसको स्थान खस्किएको हो ।

दुई दिनअघि रुसले घरेलु मैदानमा टर्कीसँग १-१ गोलको बराबरी खेलेको थियो । विश्वकपमा सहभागीमध्ये फिफा वरीयताको शीर्ष स्थानमा साबिक विजेता जर्मनी यथावत् छ । दोस्रो स्थानमा ब्राजिल, तेस्रोमा बेल्जियम, चौथोमा पोर्चुगल, पाँचौंमा अर्जेन्टिना, छैटौंमा स्विट्जरल्यान्ड र सातौं स्थानमा फ्रान्स यथावत् छन् । दुई स्थान सुधार गरेको पोल्यान्ड आठौं स्थानमा उक्लिएको छ ।

यसैगरी विश्वकपमा बलियो मानिएको स्पेन दुई स्थान खस्कँदै १०औं स्थानमा झरेको छ । चिली नवौं स्थानमा यथावत् छ । विश्वकप छनोट हुन नसकेको नेदरल्यान्ड्स, वेल्स र इटाली पनि वरीयताको शीर्ष २० मा अटाएका छन् । विश्वकप टोली मेक्सिको १५औं, अफ्रिकन टोली ट्युनिसिया २१औं र एसियाको बलियो टोली अस्ट्रेलिया ३६औं स्थानमा छन् । फिफाको वरीयतामा नेपाल भने तीन स्थान सुधार गर्दै एक सय ६१औं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.