धराप सडक
काठमाडौं : तस्बिरमा देखिएको दृश्य काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काडाँघारी खहरेचोकको हो । विगत ३ महिनादेखि सडक मर्मतका लागि खाल्डा खनिएका छन् । वर्षा भएपछि पानी जम्ने गर्छ । पानी जमेपछि त्यसबाट यात्रा गर्ने सवारी साधन पानीमा डुब्ने खाल्डामा पर्ने गरेका छन् ।
समयमा सडकका खाल्डा नुपुर्दा त्यहाँका स्थानीय र त्यस सडकमा यात्रा गर्नैले सास्ती व्यहोर्नु परिरहेको छ। वर्षायाम सुरू भएसक्दा पनि सरोकारवाला निकायले सडकको अवस्था सुधार गर्न चासो देखाएका छैनन् । सडक धराप जस्तै बनेको छ ।
तस्बिर ः राजन खनाल