बर्खायाममा गाडी जोगाउने उपाए
काठमाडौं : बर्खायाममा मानिसले आफूसँगै आफ्नो सवारीको पनि ख्याल गर्नु उत्तिकै जरुरी छ। बर्खामा लापरबाहीका साथ सवारी चलाउँदा गाडीको आयु कम हुने र चाँडै बिग्रिने खतरा हुन्छ। स
वारीसाधनलाई बर्खे झरीको जोखिमबाट सुरक्षा गर्न केही टिप्स प्रस्तुत गरिएको छ। टाटा मोटर्सको आधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ प्रालिले दिएका टिप्स यस प्रकार छन्।
वाइपर ब्लेडले राम्रोसँग काम गरेको छ÷छैन हेर्ने। ब्रेक, स्टेरिङ र झ्यालहरू चेक गर्ने।
टायर प्रेसर कति छ र टायर खिइएको छ÷छैन चेक गर्ने। भिजेको सडकमा खिइएको टायर असुरक्षित हुन्छ।
गाडीलाई विस्तारै गुडाउनु परे कम गियरमा राखी विस्तारै ब्रेक लगाउने।
पानी परिरहेको समयमा गाडीबाहिर राम्रोसँग देख्न सकिँदैन भने लाइटहरू बाल्ने।
विन्डसिल्डमा तुसारो हटाउनु परे हिटर र डिमिस्टर प्रयोग गर्ने।
गाडीको स्टोन गार्डभन्दा पानीको लेभल माथि भए गाडी नगुडाउने।
पानीमा ड्राइभ गरेपछि ब्रेक लाइनिङ सुक्खा बनाउन बारम्बार ब्रेक थिच्ने र छाड्ने गर्ने।
चिप्लो र भिजेको बाटोमा गाडी चिप्लिने सम्भावना हुन्छ। ब्रेक थिच्दा स्टेरिङ रफ तरिकाले नचलाउने।