ओलिभर स्टोनका ५ सिनेमा
जेएफके-
अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्यामा आधारित सिनेमा हो, जेएफके । जिम ग्यारिसनको पुस्तक ‘अन द ट्रेल अफ द असासिन्स र जिम मार्सको पुस्तक ‘क्रसफायर ः द प्लट द्याट किल्ड केनेडी पुस्तकको सहायताबाट स्टोनले फिल्म तयार पारेका थिए । रिलिज भइसकेपछि यो विवादित पनि बनेको थियो । सन् १९९१ मा रिलिज भएको यो फिल्म एक सय ८८ मिनेट लामो छ ।
स्नोडेन-
एडवार्ड स्नोडेनमा आधारित सिनेमा हो यो । ‘नेसनल सेक्युरिटी एजेन्सी’बाट स्नोडेनले राजीनामा दिएपछि सूचना चुहाएको आरोपसमेतलाई फिल्मले समेटेको छ । फिल्म लक हार्डिङको पुस्तक ‘द स्नोडेन फाइल’ र एनाटोली कुचेरेनाको पुस्तक ‘द टाइम अफ द अक्टोपस’ पुस्तकमा आधारित छ । सन् २०१६ मा रिलिज गरिएको यो फिल्म एक सय ३४ मिनेट लामो छ ।
निक्सन-
फिल्मले निक्सनको जीवनलाई पछ्याउँछ । सम्मानित, प्रशंसनीय, कमजोर मान्छेको रूपमा फिल्मले निक्सनलाई देखाएको छ । अर्थात्, पूर्वअमेरिकी राष्ट्रपति निक्सनको व्यक्तिगत र राजनीतिक जीवनलाई फिल्मले देखाउन खोजेको छ । आत्मकथामा आधारित सिनेमा हो यो । जेएफके बनाएको चार वर्षपछि स्टोन निक्सनमाथि फिल्म बनाएका थिए ।
अलेक्जेन्डर-
अलेक्जेन्डर द ग्रेटको जीवनमा आधारित सिनेमा हो यो । अक्सफोर्ड विश्वविद्यालयका इतिहासविज्ञ रोविन लेन फक्सले अलेक्जेन्डर माथि लेखेको पुस्तकमा आधारित रहेर फिल्म बनाइएको हो । फिल्मको कथा ३२३ बीसीदेखि सुरु हुन्छ । सन् २००४ मा रिलिज रिएको यो फिल्म एक सय ७५ मिनेट लामो छ ।
द डुर्स-
द डोर्स नामक ‘रक ब्यान्ड’ मा आधारित भई बनाइएको सिनेमा हो यो । ब्यान्डका गायक जिम मोरिसनलाई मुख्य आधार बनाएर यो फिल्म तयार पारिएको हो । मोरिसनको गायनयात्रा र उसको योग्यतालाई फिल्मले समेट्न खोजेको छ । फिल्मलाई ब्यान्डका अन्य सदस्यले भने रुचाएका थिएनन् । सन् १९९१ मा रिलिज गरिएको यो सिनेमा एक सय ४० मिनेट लामो छ ।