१३ वर्षपछि रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल

१३ वर्षपछि रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल

सिमिचौर(गुल्मी) : १३ वर्षपछि गुल्मीको सिमिचौरस्थित रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल भएको छ।विमानस्थलमा परीक्षण उडान सफल भएपछि जिल्लाबासी उत्साहित भएका छन्। शुक्रबार तारा एयरलाइन्सको टवीनेटर विमानले सफल परीक्षण गरेको हो। पहिलो पटकको प्रयासमा परीक्षण उडान सफल नभएपछि दोस्रो पटकमा भने उडान सफल भएको थियो।

 गाउँमै जहाज उडेको देखेपछि सर्वसाधरण उत्साहित देखिन्थे। जहाज चल्ने खबर पाएपछि वृद्धवृद्धा, बालबालिकासहित ठूलो संख्यामा उपस्थिति थियो।हेलिकप्टर देखे पनि जीवनभर जहाज नदेखेका कतिपय सर्वसाधरणको अनुहारमा भने खुसीयाली देखिन्थ्यो। २०६२ सालमा तत्कालिन संस्कृति पर्यटन तथा नागरीक उड्यनमन्त्री प्रदीप ज्ञवालीले विमानस्थलको शिलन्यास गरेका थिए।

पोखराबाट उडेको जहाज बिहान १० बजे रेसुंगा विमानस्थलमा अवतरण हुने समय तालिका भएपनि खराब मौसमका कारण ६ घण्टा लम्बिएको थियो। साँझ ४ बजेमात्र जहाजको परीक्षण सफल भएको हो। जहाज हेर्नका लागि सिमिचौरसहित तम्घास, छत्रकोट, गुल्मीदरवार, धुर्कोट, मदाने, इस्मा गाउँपालिकासहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान र बाग्लुंगका सिमाक्षेत्रमा पर्ने गाउँका स्थानीय आएका थिए। 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विमानस्थल उद्घाटन गर्दै आम जिल्लाबासीको चाहना पूरा गर्न पाएकोमा खुसी व्यक्त गरे।'अब गुल्मी पनि हवाइ मार्गमा जोडिएको छ, नेता ज्ञवालीले भने, 'जिल्लाको समग्र आर्थिक विकासमा कोशेढुंगा सावित हुने आशा छ।' नेता ज्ञवालीसँग जिल्लाबासीले सफल परीक्षण उडानपछि नियमित उडानका लागि माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.