ट्याक्टरले किचेर कामदारको मृत्यु
बर्दिबास : ट्याक्टरले किचेर महोत्तरीको औरही नगरपालिका ३ श्रीपुरमा एक कामदारको ज्यान गएको छ। दुर्घटनमा स्थानीय १८ वर्षीय सन्तोष रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताए।
श्रीपुर गाउँ नजिकैको जंघा खोलाबाट बालुवा लोड गरी फर्किदै गर्दा ट्याक्टरको ट्रलीमा चढ्ने क्रममा खुट्टा चिप्लिदा ट्याक्टरले किचेर उनको ज्यान गएको प्रहरीले जनाएको छ।