सुन तस्करी प्रकरणः मोहनकृष्ण अग्रवालको घरमा समितिको छापा

सुन तस्करी प्रकरणः मोहनकृष्ण अग्रवालको घरमा समितिको छापा

काठमाडौँः त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करी प्रकरणमा मुछिएका मध्ये एक अभियुक्तको घरमा गृह मन्त्रालयको छानबिन समितिले छापा मारेको छ। 

गृहका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सुन तस्करीमध्येका एक अभियुक्त मोहनकृष्ण (एमके) अग्रवालको  घरमा शुक्रबार साँझ छापा मारेको हो ।

पक्राउ पर्नुअघि कालिकास्थानमा बस्दै आए पनि अहिले अग्रवालको परिवारका एकजना सदस्य पनि छापा मारिएको घरमा बसेका छैनन् । सुन तस्करीको नेट्वर्क चलाइरहेका अग्रवाल प्राय भारतमै बस्थे । उनले अवैध धन्धा पनि भारतबाटै चलाउँदै आएका थिए । 

गत फागुन ९ गते त्रिभुवन विमानस्थल हुँदै काठमाडौँमा छिराएपछि गायब पारिएको साढे ३३ किलो सुन अग्रवालले नै मगाएको समितिले विभिन्न चरणमा गरेको अनुसन्धानबाट खुलेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.