बढी सवारी दुर्घटना चितवनमा

बढी सवारी दुर्घटना चितवनमा

भरतपुर : प्रदेश ३ मा काठमाडौं, भक्तपुर र ललितपुरबाहेक सबैभन्दा बढी सवारी दुर्घटना चितवन जिल्लामा भएको पाइएको छ । मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चितवन जिल्लामा २ सय २३ वटा सवारी दुर्घटना हुँदा १०५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते हुनेको संख्या ४ सय ४५ रहेको तथ्यांकले देखाएको छ। 

दोस्रोमा धादिङ जिल्ला रहेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए । धादिङमा भएको दुर्घटनामा १ सय ४ जनाको मृत्यु भएको छ भने ४ सय ४२ जना घाइते भएका छन् । यस्तै, यो आर्थिक वर्षको तथ्यांकलाई केलाउँदा तेस्रो नम्बरमा मकवानपुरमा ६० वटा दुर्घटना भएका छन् । जसमा ५० जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिए ।

३ नम्बर प्रदेशमा सबैभन्दा कम दुर्घटना रसुवामा भएको देखिन्छ । रसुवामा जम्मा २ वटा मात्रै दुर्घटना भएको र १ जनाको मृत्यु भएको र दुई जना घाइते भएको तथ्यांकमा उल्लेख छ । यसरी हेर्दा काठमाडौं, भक्तपुर र ललितपुरबाहेक १० वटा जिल्लाको तथ्यांक हेर्दा ५ सय ९८ वटा दुर्घटना भएकोमा ४ सय ५ जनाले ज्यान गुमाएका छन् भने एक हजार २ सय ८८ जना घाइते भएका छन् ।

 देशभरकै तथ्यांक हेर्दा यो आर्थिक वर्षको वैशाख मसान्तसम्म ९ हजार ५० वटा सवारी दुर्घटना हुँदा दुई हजार ९७ जनाको मृत्यु भएको छ भने १० हजार २ सय ३३ जना घाइते भएका छन् । सबैभन्दा बढी ट्र्याक्टर, टिपर, ट्रक तथा मोटरसाइकल दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । बिहीबार भरतपुरमा भएको सडक सभ्यता अभिवृद्धि तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी एकदिवसीय ट्राफिक सम्मेलनमा मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले उक्त तथ्यांक सार्वजनिक गरेको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.