विश्वकप हेर्न ट्र्याक्टरमा रुसतर्फ

विश्वकप हेर्न ट्र्याक्टरमा रुसतर्फ

बर्लिन : ट्र्याक्टर चढेर तपाईं कहाँ सम्म पुग्न सक्नुहुन्छ ? एक जर्मन फुटबल समर्थक भने ट्र्याक्टर चढेर अबको पाँच दिनपछि सुरु हुने २१औं संस्करणको विश्वकप हेर्न रुसतर्फ लागेका छन् । ७० वर्षीय जर्मन समर्थक हुबर्ट विर्थ आफ्नो घर जर्मनीको फोझेइमबाटै भिन्टेज १९३६ ट्र्याक्टर चढेर रुस पुगेका हुन् ।

विर्थले बुधबार नै जर्मनीबाट रुससँगको सीमा पार गरेका छन् । सीमामा रुसी अधिकारीहरूले विर्थलाई स्वागत गरेका थिए । रुसी अधिकारीहरूले उनलाई ट्र्याक्टर र उनको सामानका लागि तिर्नुपर्ने करमा समेत छुट दिएको जनाइएको छ । ट्र्याक्टरमा आफ्नो कुकुरसहित फोझेइमबाट हिँडेका विर्थ रुसको राजधानी मस्कोसम्म पुग्नेछन् । प्रतिघन्टा ३० किलोमिटरको गतिमा दौडने ट्र्याक्टरबाट उनी १० दिनको यात्रापछि मस्को पुग्ने योजनामा छन् ।

विर्थले आफ्नो ट्र्याक्टरमै आफू सुत्ने र खाने ठाउँसमेत बनाएका छन् । रुस विश्वकप फुटबलमा विर्थको देश जर्मनीले चार वर्षअघि ब्राजिलमा आफूले जितेको उपाधि रक्षा गर्ने प्रयास गर्नेछ । सन् २०१४ को फाइनलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै जर्मनीले उपाधि जितेको थियो । जर्मनी यसपटक मेक्सिको, स्विडेन र दक्षिण कोरिया रहेको समूह ‘एफ’मा परेको छ ।

जर्मनीले जुन १७ मा मेक्सिको, जुन २३ मा स्विडेन र जुन २७ मा दक्षिण कोरियासँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.