विश्वकप रोचक : एउटै खेलमा १२ गोल

विश्वकप रोचक : एउटै खेलमा १२ गोल

सन् १९५४ को विश्वकप स्विट्जरल्यान्डमा आयोजना भएको थियो । उक्त विश्वकपमा बनेको एउटा कीर्तिमान अहिलेसम्म पनि कायमै छ । उक्त विश्वकपको एउटा खेलमा दुवै टोलीको तर्फबाट कुल १२ गोल भएको थियो । विश्वकपको इतिहासमा हालसम्म एउटै खेलको नियमित समयमा भएको यो नै सर्वाधिक गोल हो । संयोग नै मान्नुपर्छ, यस्तो खराब कीर्तिमानसँग जोडिने एउटा टोली आयोजक स्विट्जरल्यान्ड नै थियो ।

जुन २६ तारिखमा आयोजक स्विट्जरल्यान्ड र अस्ट्रियाबीच क्वार्टरफाइनल खेल भएको थियो । उक्त खेलमा स्विट्जरल्यान्डलाई ७-५ गालले हराउँदै अस्ट्रिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । उक्त खेलमा अस्ट्रियाका थियोडर वाग्नरले ह्याट्रिक (२५औं, २७औं र ५३औं मिनेट) गरेका थिए भने अल्फ्रेड कोर्नरले दुई (२६औं र ३४औं मिनेट) गोल थपेका थिए । अस्ट्रेलियाका लागि अर्नेष्ट ओकर्विक (३२औं मिनेट) र एरिक प्रोबेस्ट (७६औं मिनेट) ले पनि एक÷एक गोल गरेका थिए ।

यसैगरी स्विट्जरल्यान्डका लागि पनि सेप ह्युगीले ह्याट्रिक (१७औं, १९औं र ६०औं मिनेट) र रोबर्ट बलम्यानले दुई (१६औं र ३९औं मिनेट) गोल गरेका थिए । यसरी दुवै टोलीको तर्फबाट नियमित समयमै कुल १२ गोल भएपछि उक्त खेल कीर्तिमानी बन्न पुगेको थियो । उक्त विश्वकपको उपाधि भने तत्कालीन पश्चिम जर्मनीले जितेको थियो । फाइनलमा पश्चिम जर्मनीले हंगेरीलाई ३-२ गोलले हराएको थियो । उक्त विश्वकपमा हंगेरीले कीर्तिमानी रूपमा २७ गोल गरेको थियो । हालसम्म एउटै विश्वकपमा कुनै पनि टोलीले २७ गोल गर्न सकेको छैन ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.