पर्यटन वर्ष उद्घाटनम ६३ लाख खर्च

पर्यटन वर्ष उद्घाटनम ६३ लाख खर्च

सुर्खेत : कर्णाली विकाससँगै पर्यटन विकासका लागि प्रथम कर्णाली–रारा पर्यटन वर्ष कार्यक्रम उद्घाटनम ६३ लाख खर्च भएको छ। प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेको कार्यक्रम उद्घाटनका लागि ६३ लाख ८१ हजार रुपैयाँ खर्च भएको विवरण कर्णाली सरकारले सार्वजनिक गरेको छ।

प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले बिहीबार संसद्मा कर्णाली रारा पर्यटन वर्षको खर्च सार्वजनिक गर्न माग गरेपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको हो। साथै उनीहरूले चालू आर्थिक वर्षको रातो किताब नआउनाको कारण समेत माग गरेका थिए।

बिहीबार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले खर्च विवरण माग गरेपछि दोस्रो अधिवेशनको दशौं संसद् बैठकमा प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले पर्यटन वर्षमा भएको सम्पूर्ण खर्च विवरण संसद्बाटै सार्वजनिक गरेका हुन्। मन्त्री ज्वालाका अनुसार खर्च भएको कुल रकममध्ये प्रदेश सरकारबाट ४९ लाख ४१ हजार र नेपाल पर्यटन बोर्डबाट १४ लाख ४० हजार बजेट प्राप्त भएको बताइएको छ। अतिथि र सहभागीलाई पर्यटन वर्षको प्रचारका लागि वितरण गरिएको झोलाका लागि दुई लाख, अतिथि र सहभागीको खाना र खाजामा १७ लाख ४६ हजार, अतिथिलाई उपहारमा पाँच लाख ५४ हजार, पत्रकारलाई मुगुसम्म लैजान यातायात र आवासमा ६४ हजार रुपैयाँ खर्च भएको पनि ज्वालाले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ।

यसैगरी, प्रचारप्रसारका लागि टेलिभिजन सिग्नलमा चार लाख १२ हजार, रेडियोमा दुई लाख ५८ हजार पोस्टरलगायत अन्य सामग्रीमा दुई लाख, हवाई भाडा १० लाख २९ हजार, स्थलगत यातायत ७६ हजार र मञ्च व्यवस्थापन, सांस्कृतिक कार्यक्रमलगायतमा ११ लाख ५० हजार, आवासमा चार लाख ६२ हजार र स्थानीय तयारीमा दुई लाख गरी जम्मा ६३ लाख ८१ हजार खर्च भएको ज्वालाको भनाइ छ।

पर्यटन वर्ष शुभारम्भ लगत्तै सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा व्यस्त हुनु परेकाले सार्वजनिक गर्न ढिलाइ भएको ज्वालाको भनाइ छ।

मन्त्री ज्वालाले मितव्ययिता र आर्थिक अनुशासन सरकारको प्राथमिकतामा रहेको दाबी गरे। उनले पर्यटन वर्ष सुरु गरेसँगै रारा मात्रै नभई समग्र कर्णालीमा नै आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएकाले छिट्टै संख्या नै सार्वजनिक गर्ने जानकारी दिए। सरकारले सार्वजनिक गरेको विवरणअनुसार पर्यटन वर्ष सुभारम्भका लागि विनियोजन गरेको बजेटभन्दा २३ लाख बढी बजेट खर्च भएको छ। पर्यटन वर्षका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

विनियोजित रकमभन्दा धेरै खर्च देखिएकाले अनियमितता भएको हुनसक्ने प्रतिपक्षको आरोप छ। सरकारले कार्यक्रम सम्पन्न गर्नेबेलासम्म लक्ष्यभन्दा बढी खर्च भएको दाबी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.