अपत्यारिलो दक्षिण अमेरिकी टोली कोलम्बिया

अपत्यारिलो दक्षिण अमेरिकी टोली कोलम्बिया

बोगोटा : दक्षिण अमेरिकी टोली कोलम्बियाको विश्वकप इतिहास खास गर्विलो छैन। ब्राजिल, अर्जेन्टिना, चिली, उरुग्वेजस्ता बलिया टोलीको छायाँमा परेको कोलम्बिया विश्वकप फुटबल २१औं संस्करणसम्म पुग्दा छैटौं पटकमात्र सहभागिताको तयारीमा छ। तर, कोलम्बियाले विश्वकप फुटबलको छोटो सहभागितामै आफूलाई ‘डार्क हर्स’ टोलीको रूपमा परिचित गराएको छ। ‘डार्क हर्स’ अर्थात् धेरैको नजरमा नपरेको तर, अपत्यारिलो नतिजा निकाल्ने टोली।

कोलम्बियाले विशेषगरी सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको प्रदर्शनपछि ‘डार्क हर्स’ टोलीको उपनाम पाएको हो। समूहगत चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेको कोलम्बिया प्रिक्वार्टरफाइनलमा उरुग्वेलाई पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा पुगेको थियो। क्वार्टरफाइनलमा भने आयोजक ब्राजिलसँग २-१ गोलले पराजित भएपछि कोलम्बिया अघि बढ्न सकेन। यद्यपि त्यही प्रदर्शनपछि टोलीले धेरैको मन भने जित्यो।

टोलीका युवा मिडफिल्डर जेम्स रोड्रिगेज सबैको नजरमा परे। ब्राजिल विश्वकपमा कोलम्बियाले खेलेको पाँचमध्ये पाँचैं खेलमा गोल गरेका रोड्रिगेजले प्रतियोगितामा गोल्डेन बुटसमेत प्राप्त गरे। त्यसअघिका चार विश्वकप सहभागितामा कोलम्बिया क्वार्टरफाइनलभन्दा पहिले नै घर फर्किएको थियो। रुस विश्वकप नजिकिँदै गर्दा ब्राजिलमा हात पारेको सफलतालाई निरन्तरता दिने उद्देश्यसहित कोलम्बिया तयारीमा जुटेको छ। त्यसका लागि कोलम्बियाले आफ्नो ‘डार्क हर्स’ छविलाई पनि कायमै राख्न सक्नु पर्नेछ।

रुस विश्वकपमा पनि टोलीलाई अघि बढाउने जिम्मेवारी उनै रोड्रिगेज, राडामेल फाल्काओ, कार्लाेस बाक्कालगायत खेलाडीमाथि रहेको छ। ब्राजिल विश्वकप लगत्तै स्पेनिस क्लब रियल म्याड्रिडसँग अनुबन्धित भएका रोड्रिगेज गत वर्ष जर्मन क्लब बायर्न म्युनिख पुगेका छन्। बायर्नले यो सिजन घरेलु बुन्डेस लिगाको उपाधि जित्दा उनले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। फ्रान्सेली क्लब मोनाकोसँग अनुबन्धित रहेका फाल्काओलगायतका खेलाडी पनि लयमै छन्।

त्यसैले कोलम्बियाले ब्राजिल विश्वकपमा हात पारेको सफलता रुस विश्वकपमा पनि दोहोर्‍याउन सक्नेछ। कोलम्बिया रुस विश्वकपमा तुलनात्म रूपमा सहज प्रतिद्वन्द्वी रहेको समूह ‘एच’ मा परेको छ। पोल्यान्ड, सेनेगल र जापान रहेको उक्त समूहबाट कोलम्बियाले सहजै प्रिक्वार्टरफाइनल चरणमा स्थान सुरक्षित गर्न सक्ने सम्भावना छ। कोलम्बियाका लागि खास कठिनाइ भने त्यसपछि सुरु हुनेछ।

कोलम्बियाले रुस यात्राअघि यो वर्ष खेलको तीनवटा खेलमा आफूलाई अपराजित राखेको छ। पहिलो खेलमा फ्रान्सलाई ३-२ ले पराजित गरेको कोलम्बियाले त्यसपछि अस्ट्रिया र इजिप्टविरुद्ध हालै भएको खेलमा गोलरहित बराबरीमा रोकेको थियो। रुस विश्वकपअघिको यो प्रदर्शनले पनि कोलम्बियालाई केही हौसला थप्ने काम गरेको छ।

कोलम्बियाको टोली

गोलरक्षक : ओस्पिना रामिरेज (आर्सनल), कामिलो भार्गस (काली) र जोसे क्वाडार्डो (वन्स काल्दास)।

रक्षक : क्रिस्टियन जापाटा (एसी मिलान), ओस्कार मुरिल्लो (मेक्स), सान्टिआगो एरियास (पीएसभी), ऐरी मीना (बार्सिलोना), जोहान मोजिका (गिरोना), फ्रांक फब्रा (बोका जुनियर्स) र डाभिन्सन सान्चेज (टोट्टनहाम)।

मिडफिल्डर : विल्मर बारियस (बोका जुनियर्स), कार्लाेस सान्चेज (आरसिडी स्पान्योल), अबेल अगुइलर (काली), जेम्स रोड्रिग्वेज (बायर्न म्युनिख), हुवाँ क्वार्डाडो (युभेन्टस), माटियस उरिब (अमेरिका), जेफर्सन लर्मा (लेभान्ते) र हुवाँ क्विन्टेरो (रिभर प्लेट)।

स्ट्राइकर : कार्लाेस बाक्का (भिल्लारियल), राडामेल फाल्काओ (मोनाको), लुइस मुरियल (सेभिल), मिगुएल बोर्जा (पाल्मेइरस) र जोसे इज्क्वार्डाे (ब्राइटन)।

प्रशिक्षक : जोसे पेकरम्यान।

कोलम्बियाको खेल

समूह ‘एच’

जुन १९ : जापानविरुद्ध

जुन २४ : पोल्यान्डविरुद्ध

जुन २८ : सेनेगलविरुद्ध

कोलम्बिया

विश्वकप सहभागिता : छैटौं पटक

उपलब्धि : क्वार्टरफाइनल

फिफा वरीयता : १६
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.