कोलम्बियाका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'जेम्स रोड्रिग्वेज'

कोलम्बियाका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी 'जेम्स रोड्रिग्वेज'

सन् २०१४ को विश्वकप फुटबल हेरेको जोकोहीले पनि जेम्स रोड्रिग्वेजलाई बिर्सिएका छैनन्। रोड्रिग्वेज सोही विश्वकपपछि उदाएका खेलाडी हुन्। कोलम्बिया उक्त विश्वकपको क्वार्टरफाइनलसम्म पुग्दा टोलीले खेलेका सबै खेलमा गोल गरेका उनले प्रतियोगितामा गोल्डेन बुटसमेत जितेको थिए। उनी विश्वकप फुटबलमा यस्तो कीर्तिमान कायम गर्ने ब्राजिलियनद्वय रोनाल्डो र रिभाल्डोपछिका तेस्रो खेलाडी हुन्।

उरुग्वेविरुद्ध प्रिक्वार्टरफाइनलमा गरेको उनको भली गोल विश्वकप फुटबलकै सर्वाेत्कृष्ट ठहरियो। उनको त्यही प्रदर्शनपछि रोड्रिग्वेजलाई स्पेनिस क्लब रियल म्याड्रिडले ६३ मिलियन पाउन्ड खर्च गरेर अनुबन्ध गर्‍यो। रियलमा झन्डै तीन वर्षको बसाइपछि उनी गत वर्ष जर्मन क्लब बायर्न म्युनिख पुगेका छन्। बायर्नलाई यो सिजन लगातार छैटौंपटक घरेलु बुन्डेस लिगाको उपाधि दिलाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

ब्राजिल विश्वकपपछिको चार वर्षको अवधिमा पनि उनको प्रदर्शन खस्किएको छैन। त्यसैले यसपटक रुस विश्वकपमा क्वार्टरफाइनलभन्दा माथिको यात्रा तय गर्ने योजना बनाएको कोलम्बियालाई आफ्नो लक्ष्यतर्फ डोहोर्‍याउन उनै रोड्रिग्वेजको भूमिका महत्वपुर्ण हुने पक्का छ। त्यसैले पनि आगामी विश्वकपमा उनको प्रदर्शन हेर्न लायकको हुनेछ।

सन् २०११ यता राष्ट्रिय टोलीबाट खेल्दै आएका रोड्रिग्वेजले ६२ खेलमा २१ गोल गरेका छन्। रुस विश्वकप सुरु भएपछि उनको यो तथ्यांक अझ बढ्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.