प्रदेश २ : कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित
जनकपुर : नेपाली कांग्रेसका सांसदले अवरोध गरेपछि शनिबार बसेको प्रदेश २ को प्रदेशसभा बैठक केही समयका लागि स्थगित भएको छ।
बैठक सुरु हुनासाथ कांग्रेस सचेतक उपेन्द्र कुशवाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण खर्च सार्वजनिक हुनुपर्ने र सबै हिसाब संसदमा पेश नभएसम्म संसद चल्न नदिने बताएका थिए। सचेतकले बोलेलगत्तै प्रदेशसभा बैठकमा कांग्रेस सांसदले अवरोध गरेका हुन्।
कांग्रेस सांसदले बैठक अवरोध गरेपछि सभामुख रासरोज यादवले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।