डा. देवकोटा तीन छोरीसहित गोरखाको पण्डितगाउँमा
गोरखा : वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटालाई उनको पुर्खौली घर गोरखाको पालुङटार नगरपालिका ४ पण्डितगाउँ पुर्याइएको छ। न्यूरो अस्पतालबाट हेलिकोप्टरमा सिधै उनलाई उनको पुर्खौली घर पुर्याइएको हो। हेलिकोप्टर ल्याण्ड भएको ठाउँबाट सात मिनेट स्टेचरमा बोकेर उनलाई घर पुर्याइएको हो। देवकोटा गाउँ आउने खबर थाहा पाएपछि सयौँको संख्यामा सर्वसाधारण भेला भएका छन्।
पित्त थैलीको क्यान्सरका कारण गम्भीर बिरामी वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई शनिबार दिउँसो उनको जन्मघर पुगेका हुन्। बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत अवस्थामै देवकोटालाई उनकै इच्छा अनुसार हेलिकोप्टरबाट गोरखाको आँपपिपल पण्डित गाउँस्थित जन्मघरमा लगिएको हो।
डा. देवकोटालाई जन्मघरमा केही घण्टा राखेपछि दिउँसो हेलिकोप्टरबाट अस्पतालमा फर्काइने छ। शुक्रबार राति देवकाटाका बारेमा अपवाह फैलिएपछि अस्पताल तथा देवकाटाका परिवारमा तनाव भएको थियो। अस्पताल प्रशासनले शनिबार बिहान प्रेस विज्ञप्ति निकालेको थियो। देवकोटा उपचाररत रहेको पुष्टि गर्न अस्पताल परिसरमा समेत निकालेको थियो।
पढ्नुहाेस्
- उपेन्द्र देवकोटाकी छोरी अपहरणका मुख्य अभियुक्तलाई १७ वर्ष कैद
- डा. उपेन्द्र देवकोटाबारे कसरी फैलियो अफवाह ? कस्तो छ अवस्था ?
- अस्पताल परिसरमा टहलिँदै डा. देवकोटा
- डा. उपेन्द्र देवकोटालाई देख्दा... (भिडियो)