त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु, एक बेपत्ता

त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु, एक बेपत्ता

जोगीमारा (धादिङ) : पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका १० को जोगीमारा नजिकबाट त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु भएको छ।  एकजना बेपत्ता भएका छन्। दुर्घटनामा सिन्धुपाल्चोक बाह्रबीसेका ट्रक चालक २७ वर्षीय टोपबहादुर श्रेष्ठको मृत्यु भएको छ भने श्याम नाम गरेका अर्का व्यक्ति हराइरहेका छन्। ट्रकका सहचालक १९ वर्षिय तुलसी दुलाल भने पौडी खेलेर बाच्न सफल भएका छन्।

भैरहवाबाट सिमेन्ट लिएर काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ३४१५ नम्बरको ट्रक सडकबाट २० मिटर खसेर त्रिशुली नदीमा डुब्न पुगेको थियो। पानीमा डुबेर टायरमात्रै देखिएको ट्रकलाई र्‍याकरको सहायतामा शनिबार अपरान्ह नदी किनारमा झिकिएको छ।  पानीमा डुबेको ट्रकलाई बाहिर निकाल्दा चालक श्रेष्ठको शव चालककै सिटमा फेला परेको हो। दुलाललाई उदृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार सडक निर्माण गर्न बीच सडकसम्म राखिएका ढुङ्गाका कारण दुर्घटना भएको हो। 

जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर विकको नेतृत्वमा खटिएको उद्धार टोलीले त्रिशूली नदीमा डुबेको ट्रकालई शनिबार बिहान ११ बजेतिर नदीबाट झिकेको थियो। गएराति १ बजेतिर भएको दुर्घटनामा बेपत्ताको खोजीको लागि विहानैदेखि प्रहरी परिचालन भएको थियो। शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको टोलीले खोजी अघि बढाएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.