सडक बन्यो पुल छैन

सडक बन्यो पुल छैन

काठमाडौं ः मुग्लिङ–नारायणघाट सडक कालोपत्रेले जोडिए पनि पुल नबनेका कारण सवारी आगमन सोचेजस्तो सजिलो छैन। ३६ किलोमिटर लामो राजमार्गमा १८ पुल आवश्यक छ। तीमध्य १४ को निर्माणको सुरसारै छैन।

यो सडकका सबै पुल नयाँ बनाउनुपर्ने भए पनि हालसम्म जम्मा चारवटा मात्रै निर्माण थालिएको छ। सडक निर्माणबाट बचेको करिब २४ करोड रुपैयाँबाट चारवटा पुलको ठेक्का गरिएको सडक विभागका उपमहानिर्देशक तथा वैदेशिक समन्वय विभाग प्रमुख सञ्जय श्रेष्ठले बताए। उनले भने, ‘बाँकी १४ वटा पुल बनाउन पैसा छैन।’

१४ वटा पुलका लागि सडक निर्माणको साझेदार विश्व बैंकले नै थप ऋण दिने सहमति भएको छ। सहमतिअनुसार पुलको प्रस्ताव र आवश्यक लागत तयार पारेर विश्व बैंक पठाएको प्रमुख श्रेष्ठले बताए।

उनले भने, ‘विश्व बैंकले प्रस्ताव मूल्यांकन गरिरहेको छ। कहिले निर्णय आउँछ भन्न सकिन्न।’ विश्व बैैंकसँग नेपालले पुल बनाउन दुई करोड २० लाख अमेरिकी डलर मागेको छ। ‘बैंकसँग सहुलियत ऋण लिने प्रस्ताव हाम्रो हो’, प्रमुख श्रेष्ठले भने, मुग्लिङ–नारायणघाट सडकमा बाँकी १४ पुललाई भत्काएर नयाँ बनाउने यो पैसा खर्च हुन्छ।’

सडक सञ्चालन भइसक्दा पनि पुल नहुँदा सवारी आवागमनमा अहिलेको पुरानो र साँघुरा पुलका कारण केही असहजता हुन सक्ने प्रमुख श्रेष्ठको दाबी छ। यो सडकमा निर्माण हुने पुलको प्रारम्भिक डिजाइन विभागले तयार पारिसकेको छ। सोही डिजाइनका आधारमा विभागले डिजाइन एन्ड बिल्डको ठेक्का गर्नेछ। डिजाइन र निर्माण एउटै कम्पनीले गर्ने भए पनि अहिलेसम्मकै छिटो र नमुना काम गर्ने गरी विभागले तयारी गरेको उल्लेख छ।

विभागले यो सडकमा २५ मिटरदेखि ६० मिटरसम्मका मोटरेवल पुल निर्माण गर्दै छ। हाल ठेक्का लागेर निर्माण सुरु भएको २० मिटरको दासढुंगा, २५ मिटरको खानीबारी, २५ मिटरको मौरी र ८५ मिटरको जलवीरे पुल छन्। चारवटै पुल दुई वर्षभित्रै निर्माण सकिनेछ।

सडक साढे पाँच मिटरबाट ११ मिटरसम्म चौडा गरिएको छ। पहाडी क्षेत्रमा ९ मिटर र अन्य स्थानमा ११ मिटरसम्म सडक विस्तार भएको छ। विश्व बैंकको करिब दुई अर्ब ९० करोड सहुलियत ऋणमा दुई लेनबाट चार लेनमा विस्तार भएको यो सडकको भौतिक निर्माण करिब ९२ प्रतिशत सकिएको छ। यो सडक जम्मा ३५ मिनेटमै पार गर्न सकिने क्षमतामा विस्तार भएको भए पनि पुल नहुँदा समस्या हुनेछ।

सडक बन्दा सौराहामा आशा

अनिल ढकाल

सौराहा

नारायणगढ–मुग्लिङ सडकखण्ड सुुधार भएसँगै चितवनको पर्यटन उकासिनेमा व्यवसायी आशावादी भएका छन्। बाटो सहज भएपछि पर्यटक बढ्न थालेका छन्। ९२ प्रतिशत काम सकिएको सडकमा एक तहको कालोपत्रे भइसकेको छ।

निमार्णका लागि बाटो बन्द गर्दा हुुने जाममा पर्दा पर्यटकले झन्झट मान्ने गरेका थिए। राजधानीबाट चितवन आउने प्रमुुख मार्ग नै पहिरोका कारण निरन्तर अबरुद्ध भएपछि पर्यटक ह्वात्तै घटेका थिए। चौवीसै घण्टा बाटो सञ्चालन भएपछि व्यवसायी उत्साही भएका छन्।

सौराहाको होटल मोनालिसाका सञ्चालक केशव खनालले वर्षा सुुरु भए पनि बाटो राम्रो भएपछि राम्रो संकेत देखिएको बताए। ‘वर्षात्को समय अफ सिजन भए पनि पर्यटक आउन थालेका छन्’, खनालले भने, ‘बाटो राम्रो हँुुदा धेरै फरक परेको छ।’ उनका अनुुसार शुुक्रबार आन्तरिक पर्यटक बढी आउने गरेका छन्। बुुधबारबाट चौबीसै घण्टा सञ्चालन भएपछि पर्यटन व्यवसायी खुुसी छन्।

पहिरोको जोखिमले पर्यटक आगमनमा कमी आएको थियो। घन्टौंसम्म जाममा बस्नुुपर्ने वाध्यताले हैरान भएर पर्यटक फर्किंने गरेका थिए। भूकम्प, भारतीय नाकाबन्दी र मधेस आन्दोलनले सुुस्ताएको पर्यटन विस्तारै उकासिन लागेको बेला सडक बिग्रँदा पर्यटन धरापमा परेको थियो।

चितवन आउने पर्यटक बाटोकै कारण पोखरा, बन्दीपुुरतर्फ मोडिने गरेका थिए। विदेशी पर्यटकले घण्टौंसम्म कुुरेपछि उनीहरू अन्यत्र फर्किएको अनुुभव होटल सेन्ट्रल पार्कका सञ्चालक श्याम महतले सुनाए। ‘बाटो सहज हुुनुु भनेको पर्यटनका लागि सकारात्मक हो’, महतले भने, ‘बाटोको कारणले अब पर्यटक फर्कनुु पर्दैन।’ बाटोको जाममा परेका पर्यटक रिसाउने गरेको उनले अनुुभव सुुनाए।

सडकमा यात्रा कष्टकर भएपछि चितवन जाने आन्तरिक पर्यटक समेत घटेका थिए। पहिरोले जोखिम बढ्नुुका साथै घन्टौंसम्म जाममा बस्नुुपर्ने भएपछि चितवनमा पर्यटक आगमन घटेको थियो। कतिपय व्यवसायी विस्थापित समेत हुुन लागेका थिए। सडकको अवस्था सुुधार भएसँगै होटलहरूमा बुुकिङ हुुन थालेको सौराहाको होटक पार्क सफारी सञ्चालक महेश खनालले बताए। ‘बाटोले पर्यटकलाई सुुविधा भएपछि हामी उत्साहित छौं’,उनले भने, ‘सुुरुवाती अवस्थाले हामीलाई हौसला बढाएको छ।’

चितवन राष्ट्रिय निकुुञ्जका अनुुसार यस आर्थिक वर्षको चैत्रसम्म एक लाख १४ हजार तीन सय ४९ पर्यटकले निकुुञ्ज घुुमेका छन्। तथ्यांकअनुुसार साउन र भदौमा पर्यटन खस्किएको थियो। साउनमा ६ हजार पाँच सय २२ र भदौमा तीन हजार आठ सय ५९ जना पर्यटक सौराहा आएका थिए। बाटो सहज बन्दै गएपछि फागुुनमा र चैत्रमा पर्यटन आगमन उकालो लागेको छ।

फागुुनमा १६ हजार आठ सय ८२ र चैतमा १८ हजार नौ सय ९२ जनाले निकुुञ्ज भम्रण गरेको निकुुञ्जका सूचना अधिकारी नरेन्द्र अर्यालले बताए। आर्थिक वर्ष २०७३÷७४ मा एक लाख ३९ हजार एक सय २५ पर्यटकले चितवन निकुुञ्ज घुुमेका थिए।। यस्तै आर्थिक वर्ष २०७१÷७२ मा चितवन निकुुञ्ज घुुम्ने पर्यटकको संख्या एक लाख ७८ हजार दुुई सय ५७ पुुगेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.