प्रधानमन्त्री कप क्रिकेट : एपीएफ उपाधि नजिक

प्रधानमन्त्री कप  क्रिकेट :  एपीएफ उपाधि नजिक

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब आमनेसामने हुने भएका छन्। शनिबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई नौ रनले पराजित गर्दै एपीएफले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो। शुक्रबार भएको पहिलो सेमिफाइनलमा प्रदेश ५ लाई हराउँदै आर्मीले फाइनलमा स्थान बनाएको थियो। एपीएफ र आर्मीबीचको फाइनल खेल आइतबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।

टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४८.५ ओभरमा अलआउट हुँदै दुई सय आठ रनको योगफल खडा गर्‍यो। एपीएफका अनिल साहले ४५, पृथु बास्कोटाले ४०, रोहित पौडेलले ३२, प्रदीप ऐरीले २४ र सुवास खकुरेलले २१ रन बनाए।

पुलिसका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए। यसैगरी ललित राजवंशीले दुई तथा आरिफ सेख र सुशील कँडेलले एकएक विकेट हात पारे। एपीएफले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको पुलिसले १४.४ ओभरमा दुई विकेटको क्षतिमा ५९ रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएको थियो। करिब डेढ घन्टा ढिला गरी सुरु गरिएको खेल २८ ओभरमा छोट्याइएको थियो। ओभर खटेपछि पुलिसले एक सय ४१ रनको नयाँ लक्ष्य पाएको थियो। पुलिसले निर्धारित २८ ओभरमा नौ विकेटको क्षतिमा एक सय ३१ रन मात्र बनाउन सकेपछि एपीएफले रोमाञ्चक जित हात पार्‍यो।

पुलिसका कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन्। सातौं नम्बरमा ब्याटिङमा आएका कुशल भुर्तेलले बनाएको ३० रन पुलिसका ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो। पुलिसका सुनील धमलाले २४ तथा दिलीप नाथले १६ रन बनाए। यस्तै दीपेन्द्रसिंह ऐरीले १४, कप्तान मञ्जित श्रेष्ठले ११ तथा सिद्धान्त लोहनीले १० रन बनाए। एपीएफका अमरसिंह रौटेलाले तीन विकेट लिए। यसैगरी कप्तान वसन्त रेग्मीले दुई तथा कमलसिंह ऐरी र करण केसीले एकएक विकेट हात पारे। रौटेला खेलको म्यान अफ दी म्याच चुनिए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख र उत्कृष्ट बलर तथा ब्याट्सम्यानले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.