'सुपर इगल' नाइजेरियालाई समूह चरणकै चिन्ता

'सुपर इगल' नाइजेरियालाई समूह चरणकै चिन्ता

अबुजा : नाइजेरिया लगातार पछिल्लो तीन विश्वकपमा छुटेको छैन। चार वर्षअघि ब्राजिलमा भएको २०औं संस्करणको विश्वकपमा सहभागी भएकामध्ये रुसमा पनि सहभागी हुने नाइजेरिया एक्लो अफ्रिकी टोली हो। नाइजेरियाले छनोट प्रतियोगिताको अन्तिम एक खेलअगावै अफ्रिकी महादेशबाट पहिलो टोलीका रूपमा रुस विश्वकपको यात्रा पक्का गरेको थियो।

नाइजेरियाले यसअघिका पाँच सहभागितामा तीनपटक प्रिक्वार्टरफाइनलसम्मको यात्रा पनि तय गरेको छ। सन् १९९४ मा पहिलोपटक विश्वकपमा सहभागी भएको नाइजेरियाले पहिलो सहभागितासहित सन् १९९८ र २०१४ मा पनि प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गरेको थियो। विश्वकप फुटबलमा समग्रमा छैटौंपटक सहभागिताको तयारीमा रहेको ‘सुपर इगल’ उपनाम पाएको नाइजेरियालाई यसपटक भने समूह चरणकै चिन्ता थपिएको छ।

नाइजेरिया यसपटक बलिया टोलीहरू रहेको समूह ‘डी’मा परेको छ। अघिल्लो संस्करणमा फाइनल खेलेको अर्जेन्टिना, क्रोएसिया र आइसल्यान्ड रहेको समूह ‘डी’लाई ‘ग्रुप अफ डेथ’ मानिएको छ। अर्जेन्टिना गत संस्करणमा फाइनलको अतिरिक्त समयमा जर्मनीसँग १-० ले पराजित भएपछि उपाधिबाट चुकेको थियो। लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनालाई यसपटक पनि उपाधिको दाबेदार मानिएको छ।

इभान राकिटिच, लुका मोड्रिच, मारियो मान्जुकिक, इभान पेरिसिकजस्ता युरोपियन क्लब फुटबलमा स्थापित खेलाडीहरूले भरिएको क्रोएसिया पनि समूहमा बलियो टोली हो। समूहको अर्को टोली आइसल्यान्ड पनि निकै सशक्त छ। दुई वर्षअघि भएको युरोकप फुटबलमा इङ्ल्यान्डलगायतका टोलीलाई पराजित गरेको आइसल्यान्डले रुस विश्वकपमा समते कुनै पनि टोलीविरुद्ध अप्रत्यासित नतिजा निकाल्न सक्नेछ।

यसकाबीच टोलीको पछिल्लो प्रदर्शन र नतिजाले नाइजेरियालाई रुस विश्वकपमा बलियो टोली देखाउँदैन। नाइजेरियाले रुस विश्वकपको तयारीस्वरूप खेलेको पछिल्लो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा निरन्तर कमजोर प्रदर्शन गर्दै आइरहेको छ। नाइजेरियाले पछिल्ला चार खेलमा जित हात पार्न सकेको छैन।

गत मार्चमा भएको खेलमा पोल्यान्डमाथि १-० को जित हात पारेयता खेलिएका चार खेलमध्ये नाइजेरियाले तीनमा पराजय तथा एकमा बराबरी खेलेको छ। नाइजेरियाले सर्भियासँग २-०, इङ्ल्यान्डसँग २-१ र चेक रिपब्लिकसँग १-० ले पराजित हुँदा कंगोसँग १-१ गोलको बराबरी खेलेको छ। यी सबै खेलमा नाइजेरियाले गोल गरिरहे पनि आफूले पनि नियमित रूपमा अझ बढी गोल बेहोरेको छ। त्यसैले रुस विश्वकपअघि नाइजेरियालाई आफ्नो रक्षात्मक खेलमा बढी सुधारको आवश्यकता देखिएको छ।

नाइजेरियाको टोली

गोलरक्षक : इकिचुक्वा इजेन्वा (इनिइम्बा), डानिइल एक्पेई (चिप्पा युनाइटेड), फ्रान्सिस उजोहो (डिपोर्तिभो ला कोरुना)

रक्षक : ब्रियन इदोऊ (एफके अम्कार पर्म), इल्डर्सन इचिजिइली (सर्कल ब्रुगी), विलियम इकोंक (बुर्सास्पोर), लियोन बालोगुन (मेइन्ज), अब्दुल्लाही सेहु (बुर्सास्पोर), चिडोजीई अवाजिइम (नान्तेस), टिरोन्नी इबुइही (अदो देन हाग), केन्नेथ ओमेरुव (कासिमपासा एसके)

मिडफिल्डर : ओनिनिई एन्दिदी (लेस्टर सिटी), ओघेनेकारो इतेबो (लस पाल्मस), जोन ओबी मिकेल (तियान्जिन टेडा), जोइल ओबी (टोरिनो), ओगेनई ओनाजी (ट्राबजोन्सपोर),

जोन ओगु (हापोइल बियर सेभा)

स्ट्राइकर : अहमेद मुसा (सिएसकेए मस्कोभा), ओडिवन इघालो (चांगचुङ याताई), भिक्टोर मोसेस (चेल्सी), सिमोन न्वांको (क्रोटोन), केलिचि इहिनाचो (लेस्टर सिटी), एलेक्स इओबी (आर्सनल),

प्रशिक्षक : गर्नाेट रोहर

नाइजेरियाको खेल

समूह ‘डी’

जुन १६ : क्रोएसियाविरुद्ध

जुन २२ : आइसल्यान्डविरुद्ध

जुन २६ : अर्जेन्टिनाविरुद्ध

नाइजेरिया

सहभागिता : छैटौंपटक

उपलब्धि : प्रिक्वार्टरफाइनल

फिफा वरीयता :४८


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.