२१औं विश्वकप विजेताले कति पाउँछन् नगद ?

२१औं विश्वकप विजेताले कति पाउँछन् नगद ?

मस्को : विश्वकप फुटबलको घम्साघम्सीसँगै उपाधि विजेताले कति पुरस्कार पाउलान् भन्ने कौतूहल पनि अहिले उत्तिकै छ। २१औं संस्करणसम्म आइपुग्दा विश्वकप विजेताको पुरस्कार राशिमा पनि क्रमश: वृद्धि हुँदै गएको छ। यसपटकको विश्वकप पुरस्कार राशि चालीस करोड अमेरिकी डलर छ।

विश्वकप विजेताले तीन करोड ८० लाख डलर अर्थात् चार अर्बभन्दा बढी नेपाली रुपैयाँ पुरस्कार पाउनेछ। यो पुरस्कार राशि चार वर्षअघि ब्राजिलमा भएको २०औं संस्करणको विश्वकपमा भन्दा १२ प्रतिशतले बढी हो।

रुस विश्पकप उपविजेताले दुई करोड ८० लाख अमेरिकी डलर पुरस्कार हात पार्नेछ। यसैगरी तेस्रो हुने टोलीले दुई करोड ४० लाख र चौथो हुनेले दुई करोड २० लाख अमेरिकी डलर पाउनेछन्। क्वार्टरफाइनल अर्थात् अन्तिम आठमा पराजित हुने चार टोली प्रत्येकले एक करोड ६० लाख अमेरिकी डलर, अन्तिम १६ मा पराजित हुने आठ टोली प्रत्येकले एक करोड २० लाख र समूहगत चरणमै रोकिने प्रत्येक टोलीले ८०÷८० लाख अमेरिकी डलर प्राप्त गर्नेछन्। 

सबै टोलीले पाउने यो रकममा विश्वकपमा छनोट भएपछि पाउने तयारी रकमसमेत जोडिएको छ। विश्वकप फुटबलको नियमनकारी निकाय (फिफा)ले प्रतियोगिता तयारीको रकमसमेत विश्वकप सम्पन्न भएपछि पुरस्कार राशिसँगै प्रदान गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.