‘फुरफुर’मा रमाए बालबालिका

‘फुरफुर’मा रमाए बालबालिका

 इटहरी : ‘आज गाउँमा केही अनिष्ट हुन्छ, बिहानैदेखि मेरो आँखा फर्फराइरहेको छ,’ एकजना बूढीआमैले बिहानै फत्फताउँदै छोरासँग भन्छिन्। छोराले यो कुरा आफ्ना साथीलाई सुनाउँछ। मन्दिरको पण्डित, मासु काट्ने व्यापारी, होटेल साहुजी, शिक्षकदेखि गाउँले सबैमा यो कुरा आगोसरि फैलिन्छ।

होटेलदेखि चौतारो अनि घरघरमा यो चर्चा चल्छ। ‘गाउँमा केही अनिष्ट हुन्छ भन्दैछन्’, गाउँलेहरू यसैगरी चर्चा गर्छन्। के हुन्छ, कहाँ हुन्छ कसैलाई थाहा थिएन। तर अनिष्टको भयले सबै थर्कमान हुन्छन्। गाउँलेबीच बेहोस हुने क्रम बढ्छ। सबै डरले त्यो रात एकै ठाउँ सुत्छन्। राति भूतको हल्ला चल्न थाल्छ। पण्डितले कुरा झिक्छन्, ‘त्यो अनिष्ट भनेको भूतप्रेत हो, भूत भगाउन गाउँ जलाउनुपर्छ।’

सबैजना पण्डितको भनाइसँग सहमत हुन्छन्। गाउँ जलाउँछन् र सबै बसाइँ सरेर जान्छन्। अन्तिममा बूढीआमैले भन्छिन्, ‘देख्यौ, म त भन्दै थिएँ, गाउँमा आज केही अनिष्ट हुन्छ भनेर।’

यो कथा इटहरीस्थित कलालय इटहरीले आयोजना गरेको स्कुल थिएटरको छैटौं संस्करणमा प्रदर्शन गरिएको नाटक फुरफुरको हो। नाटकमा बालबालिकाको अभिनय छ भने नाटक पनि उनीहरूले नै निर्देशन गरेका हुन्। शनिबार नाटकको पाँचौं तथा अन्तिम सो देखाइयो।

‘नाटकमा नयाँ पुस्ता आउन बन्द भएपछि स्कुल थिएटर सुरु गरिएको हो’, कलालय इटहरीका अध्यक्ष सोनु जयन्ती भन्छन्, ‘स्कुल थिएटरले नाटकको नयाँ पुस्ता तयार गरेको छ, जसले पूर्वमा सशक्त नाटक प्रस्तुत गर्न सक्छ।’

बालबालिकाको आफ्नै लेखन र निर्देशनमा नाटक प्रदर्शन गर्ने गरिएको छ।

इटहरीमा विगत पाँच-सात वर्षमा नाट्यलाई जीवन्त बनाउने समूह कलालय मात्रै देखिएको छ। त्यसअघिसम्म विभिन्न समूह तथा व्यक्ति सक्रिय थिए। तर ती सबै अहिले सेलाए। तर नाट्यकर्ममा लागेकालाई आर्थिक अभावले सताउने गर्छ। ‘स्थानीय तहबाट भरपर्दो वार्षिक सहयोग हुने हो भने नाटकमा नयाँ पुस्तालाई प्रेरित गर्न सकिन्थ्यो,’ जयन्ती भन्छन्।

सांस्कृतिक महोत्सव सम्पन्न

इटहरी उपमहानगरपालिकाको आयोजना र सांस्कृतिक संस्थान काठमाडौंको सहकार्यमा विविध कार्यक्रम गरी सांस्कृतिक महोत्सव शनिबार सम्पन्न भएको छ।

महोत्सवमा गीत, संगीत, नाट्य तथा अभिनयलगायत विधामा प्रस्तुति र प्रदर्शनी भयो। यसैगरी खुला कविता प्रतियोगितासमेत आयोजना गरियो। प्रदेशमन्त्री जीवन घिमिरेले महोत्सवको उद्घाटन गरेको महोत्सवमा नृत्य, संगीत कार्यशाला, विचार गोष्ठी, प्रदेश १ स्तरीय नाट्य विमर्श पनि भयो।

प्राज्ञ बुलु मुकारुङ, डा. रामजी तिम्सिना, सत्यनारायण चौधरी, ध्यान किरातीले कार्यपत्र प्रस्तुत गरेका थिए भने नाट्य अभिनय विमर्श अभि सुवेदीले सञ्चालन गरे। यस्तै कार्यक्रममा अपांगता भएर पनि साहित्य सिर्जनामा सक्रिय वियोग सापकोटालाई अभिनन्दन गरियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.