भारत पाकिस्तान एससीओमा

भारत पाकिस्तान एससीओमा

काठमाडौं : सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को चिङदोङमा हुने १८औं सम्मेलनमा नेपाललगायत अन्य ६ संवाद साझेदार राष्ट्रलाई निम्त्याइएको छैन। संवाद साझेदार राष्ट्रलाई सम्मेलनमा निमन्त्रणा नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

तर भारत र पाकिस्तानले भने पहिलो पटक सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) सम्मेलनमा सदस्य राष्ट्रको हैसियतमा भाग लिँदै छन्। पाकिस्तानले आतंकवादलाई प्र श्रय दिएको आरोपसहित ‘आतंकवाद र वार्ता सँगै नजाने’ भन्दै सन् २०१६ मा पाकिस्तानमा प्रस्तावित १९ औं सार्क सम्मेलन बहिस्कार गरेको भारत अहिले भने पाकिस्तानसँगै एससीओ सम्मेलनमा सहभागी हुन लागेको हो। दुवै सन् २००५ देखि नै एससीओ संगठनमा पर्यवेक्षक राष्ट्रको हैसियतमा सहभागी हुँदै आएका थिए। भारत र पाकिस्तान दुवैलाई गत वर्ष कजाकस्तानको राजधानी अस्टानामा आयोजित १७ औं सम्मेलनबाट पूर्ण सदस्यता दिइएको हो।

उत्तर अमेरिकी सहयोग संगठन (नाटो) को प्रभाव घटाउन सन् १९९६ मा नाटोकै समानान्तर सांघाई ५ का नामबाट यो संगठन स्थापित भएको थियो। चीन, रसिया, कजाकस्तान, किर्गिस्तान र ताजिकिस्तान सम्मिलित यो संगठनमा सन् २००१ मा उज्वेकिस्तान सहभागी भएपछि सांघाई कोअपरेसन भनिन थालिएको हो। समयक्रममा एससीओले कार्यक्षेत्र विस्तार गर्दै गए पनि मूलतः यो सुरक्षा संगठन हो। मध्य एसियामा चीनको बढ्दो प्रभाव न्यूनीकरण गर्न रसियाको प्रयासमा भारतलाई एससीओको सदस्य बनाइएको अन्तर्राष्ट्रिय मामिलाका जानकारहरू बताउँछन्। उनीहरूका अनुसार भारतलाई रसियाले समर्थन गरेपछि पाकिस्तानलाई चीनको समर्थनमा संगठनको सदस्यता दिइएको हो।

यसैबीच एससीओको आयोजनामा हुन लागेको सुरक्षा अभ्यासमा भारत र पाकिस्तान संयुक्त रूपमा सहभागी हुँदै छन्। अमेरिका, जापान, अस्टे«लिया र भारत सम्मिलित ‘क्वाड’ राष्ट्रहरुबीच आयोजना हुने सुरक्षा अभ्यासमा भारत सहभागी नहुने जनाएको भारतीय समाचारमाध्यमहरूले जनाएका थिए। क्वाड राष्ट्रको सुरक्षा अभ्यासमा भारत सहभागी नहुनु र एससीओमा सहभागी हुन भारतले सहमति जनाउनुलाई अर्थपूर्ण रूपमा लिइएको छ।

एससीओ सम्मेलन क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना उहानमा भएको अनौपचारिक सम्मेलनमा उठाएका मुद्दाहरूलाई फेरि ताजगीकरण गरिने भारतीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उहान सम्मेलनमा चीन–भारत दुवै राष्ट्रले आतंकवादका मामिलामा संयुक्त काम गर्न, अफगानिस्तानमा जारी परियोजनाहरूमा संयुक्त लगानी गर्नलगायत विषयमा सहमति गरेका थिए।

एससीओको १८ औं सम्मेलनले चिङ्दोङ घोषणापत्र जारी गर्नेसँगै सुरक्षा, आर्थिक र जनस्तरमा सहकार्यलगायत अन्य १० बुँदामा सहमति हुने चिनियाँ विदेशमन्त्री वाङ यीलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.