सर्वोच्चकाे आदेश अवज्ञा गर्दै बिपी राजमार्गमा ठूला सवारी सञ्चालन

सर्वोच्चकाे आदेश अवज्ञा गर्दै बिपी राजमार्गमा ठूला सवारी सञ्चालन

सिन्धुली : बीपी राजमार्गमा ठूला सवारी साधन नचलाउन सर्वोच्च अदालतले दिएको अन्तरिक आदेशलाई अवज्ञा गर्दै ठूला सवारी साधन सञ्चालन हुन थालेका छन्। 

सर्वोच्चको आदेश कार्यान्वयन गराउनु पर्ने स्थानीय प्रशासनले वेवास्था गर्दा बढी भारवहन क्षमताका यात्रुबाहक र मालबाहक सवारी साधन सञ्चालन भइरहेको पाइएको हो। 

दिउँसोको समयमा केही सवारीलाई रोकेर चेकजाँच गरेको जस्तो देखाउने प्रहरी प्रशासनले रातको समयमा भने खुलेआम त्यस्ता सवारीलाई सञ्चालन गरेको भन्दै स्थानीयले विरोध जनाएका छन्। 

बीपी राजमार्गमा ठूला सवारी साधनलाई रोक लगाउन परेको रिटमा सर्वोच्चका न्यायाधीश सपनामल्ल प्रधानको एकल इजलासले जेठ २० गते अन्तरिम आदेश जारी गर्दै ठूला सवारीलाई रोक लगाएको थियो। 

यस अघि यातायात व्यवस्था विभागले यात्रुबाहक सवारी साधन ह्लिवेस चार हजार दुईसय २५ एमएमको चालकसहित ३२ सिट भएका सवारी साधानलाई बिहान ५ देखि साँझ ८ बजेसम्म चल्न दिने नयाँ निर्णय गरेको थियो।

बिपी राजमार्गको प्राविधिक रिपोर्ट, भौगोलिक अवस्था र साँघुरो भएका कारण ठूला सवारी साधन सञ्चालन गर्दा सडकको क्षतिसँगै अत्याधिक दुर्घटनाको खतरा रहेको भन्दै यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गत जेठ १३ बिपी राजमार्गमा ठूला सवारी साधन समेत चल्न पाउने निर्णय गरेका थिए। त्यसविरुद्ध अधिवक्ता कैलाश दाहालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि सर्वोच्चका न्यायाधीश मल्ल प्रधानको एकल इजलासल मन्त्री महासेठले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएकी थिइन्। 

सर्वोच्चको आदेशलाई वेवास्थ गर्दै यातायात व्यवसायीले ठूला सवारी साधन गुडाउँदा समेत स्थानीय प्रशासन मौन देखिन्छ। प्रहरीले गम्भीर रुपमा चेकजाँच नगर्दा ठूला सवारी साधान निर्वाधरुपमा सञ्चालन भइरहेको सिन्धुलीका युवा नेता उत्पल खड्काको भनाइ छ। 

अन्तरिम आदेश कार्यान्वयनका लागि पत्र ढिलागरी आएकाले केही दिन समस्या  भएपनि पछिल्ला दिनमा ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख रामेश्वसप्रसाद यादवले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.