विद्यार्थीलाई प्रविधि सिकाउन सिद्धार्थ वनस्थलीलाई कम्प्युटर

विद्यार्थीलाई प्रविधि सिकाउन सिद्धार्थ वनस्थलीलाई कम्प्युटर

बनेपाः पनौती नगरपालिका–८ स्थित सिद्धार्थ वनस्थली इन्ष्टिच्युटलाई समाजसेवी तथा व्यवसायी राजन मानन्धरले २४ वटा कम्युटर सहयोग गरेका छन् । आइतवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी मानन्धरले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विद्यालयकलाई कम्युटर हस्तान्तरण गरेका हुन् ।

ग्रामीण भेगमा रहेको विद्यालय र विद्यार्थीको शैक्षिक गुणस्तरमा र प्रविधिमा सहज पहुँच पुर्‍याउने उदेश्यले कम्पयुटर हस्तान्तरया गरेको मानन्धरले बताए । ‘ग्रामीण भेगमा रहेको विद्यालय र विद्यार्थीको शैक्षिक गुणस्तर र विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कम्पयुटर सहयोग गरिएको हो । 

उनले २४ वटा डेक्सटप, एउटा ल्यापटप र फर्निचर विद्यालयलाई उपलव्ध गराएका थिए। कार्यक्रममा सिद्धार्थ वनस्थली शैक्षिक गुठीका संरक्षक क्याप्टेन रामेश्वर थापाले विद्यालयको चौतर्फी विकाससँगै शैक्षिक गुणस्तरमा सुधार ल्याउँदै क्याम्पसदेखि विश्वविद्यालय खोल्ने लक्ष्य रहको बताए । 

‘विद्यालयको शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्न क्याम्पसदेखि विश्वविद्यालयसम्म खोल्ने लक्ष बोकेका छौँ’, क्याप्टेन थापाले भने । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर थापाले विद्यालयमा कम्युटर पाएसँगै विभिन्न अन्तराष्ट्रिय विश्वविद्यालसँग सहकार्य गर्दै एप्सको माध्यमबाट अनलाइन कक्षा सुरु गर्न लागेको बताए । 

कार्यक्रममा पनौती नगरका प्रमुख भीम न्यौपाने, शिक्षासेवी रामप्रसाद अधिकारी र भीमसेन थापाले विद्यालयको गुणस्तर सुधारका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । 

विद्यालयमा विभन्न समुदाय र ग्रामीण भेगका पाँच सय विद्यार्थी अध्यन गर्दै आएका छन् । कार्यक्रमा विद्यालयमा लामो समयदेखि सहयोग गर्ने स्थानीयलाई क्याप्टेन थापाले सम्मान गरेका थिए । विद्यालय शैक्षिक गुठीबाट सञ्चालन हुँदै आएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.