रसुवागढी नाकाबाट यार्सागुम्बासहित चार युवा पक्राउ
नुवाकोटः नेपाल–चीन प्रवेशका लागि एकमात्र रसुवागढी नाकाबाट अवैधरुपमा चीन लैजान लागेको यार्सागुम्बासहित चार युवा पक्राउ परेका छन् ।
काठमाडौँबाट एकसय ५२ किलोमिटर दुरीमा रहेको रसुवागढी नाकाबाट गैरकानुनी रुपमा लुकाइ छिपाइ चीनको केरुङ लैजान लागिएको बहुमूल्य जडिबुटी यार्सागुम्बासहित चार जनालाई कन्टेनरसहित आइतवार पक्राउ गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
केरुङतर्फ जाँदै गरेको ना६ख ४७८५ नम्बरको कन्टेनरमा अवैैधरुपमा आठ सय १० ग्राम यार्सागुम्बासहित कन्टेनर चालक नौकुण्ड गाउँपालिका–२ का १९ वर्षीय मंगल तामाङ, गोसाइकुण्ड गाउँपालिका–१ थुमनका २९ वर्षीय जिलबहादुर घले, २६ वर्षीय सूर्यबहादुर तामाङ र ३१ वर्षीय इमान घले रहेका प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले जानकारी दिए ।
यार्सागुम्बासहित पक्राउ परेका चारैजनालाई अनुसन्धानका लागि सदरमुकाम धुन्चे ल्याइएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले बताए ।