पदयात्राका क्रममा लडेर विदेशीको मृत्यु

पदयात्राका क्रममा लडेर विदेशीको मृत्यु

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा पदयात्रा गर्ने क्रममा आइतबार एक विदेशी महिलाको मृत्यु गएको छ। चाँगुनारायण नगरपालिका ५ तेलकोट हुँदै चाँगुनारायण मन्दिरतर्फ पदयात्रा गर्दै गरेकी ७२ वर्षीया स्पेनिस नागरिक मर्सिडिज मर्टको मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायणको तेलकोट भई त्रिशुल डाँडा हुँदै चाँगुनारायण मन्दिर जाने ट्रेकिङ रुटमा हिँड्दै जाने क्रममा मर्ट अचानक बेहोस भई लड्न पुगेकी थिइन्।

लडेर घाइते भएकी उनलाई भक्तपुर अस्पताल लगिएकोमा उपचारको क्रममा चिकित्सकहरुले मृत घोषणा गरेको परिसरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए। मृतक मर्ट नेपालको १५ दिने भ्रमणमा आएका थिए।

मृतक मर्टको शवको शल्य परीक्षण गर्न काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको परिसरले जनाएको छ। परिसरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.