मूल्य वृद्धिको विरोधमा प्रदर्शन
काठमाडौं : नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आइतबार सिठी जुलुस निकालेको छ ।
नेविसंघले सरकारले निरन्तर रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा विश्वभाषा क्याम्पस, पद्यमोदय मोड, पुतलीसडक, कमलादी, त्रिचन्द्र कलेज, रत्नपार्क हुँदै राष्ट्रिय सभागृह अगाडिसम्म विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनपछि सम्बोधन गर्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि यातायाताका साधनको मूल्य वृद्धि हुँदा सर्वसाधारण मारमा परेको भन्दै विरोधमा उत्रिएको बताए ।