कसरी किन्ने विश्वकपको टिकट ? एक घण्टामै बिके एक लाख २० हजार टिकट

कसरी किन्ने विश्वकपको टिकट ? एक घण्टामै बिके एक लाख २० हजार टिकट

मस्को: रूसमा हुन लागेको विश्वकप फुटबलका लागि शनिवार फिफाले अतिरिक्त टिकट जारी गरेको थियो । फिफाले टिकट जारी गरेको एक घण्टामा एक लाख २० हजार टिकट बिकेका छन् । 

अब केही राम्रा खेलको मात्रै अतिरिक्त टिकट बाँकी रहेको छ । फुटबल प्रशंसकलार्इ टिकट उपलब्ध रहेको जानकारी फिफा डटकम/टिकट्स वेबसाइट यातायात लाइट जस्तो प्रणालीबाट दिइनेछ । जहाँ १५ जुलाईसम्म टिकट बेचिनेछ । 

विश्वकपका लागि टिकट बिक्री शुरू भएपछि विश्वभरका फुटबल प्रशंसकका लागि २५ लाख भन्दा धेरै टिकट जारी गरिसकिएको छ । अहिलेसम्म टिकट किन्न नसकेकका फुटबल प्रेमीको आशा अझै पनि मरिसकेको छैन । वेबसाइटमा टिकटको पुन:बिक्रीको सम्भावना छ । विश्वकपको भिडन्त १४ जुनबाट सुरू हुँदैछ । 

टिकट पाउने प्रशंसकले यदि खेल हेर्न नसक्ने अवस्था भएमा फिफाकै वेबसाइटबाट उनीहरूले टिकट बेच्न सक्नेछन् । जसले टिकट किन्न सकेका छैनन्, उनीहरूलार्इ अझै अवसर बाँकी छ ।

किनेको टिकट पुन: बिक्रीका लागि फिफाडटकम/टिकट्स वेबसाइट अलग्गै एउटा प्लेटफर्म बनाइएको छ । जसमार्फत टिकटधनीले फिफाको नियम अनुसार त्यसमा दर्ता भएको नाम परिवर्तन गर्न सक्नेछन् या बेच्न सक्नेछन् । फिफाका अनुसार विश्वकपको टिकटका लागि फिफाडटकम/ टिकट्स एकमात्रै आधिकारिक र वैध वेबसाइट हो । 

फिफाले टिकटको अवैध बिक्री र वितरणलार्इ गम्भीर समस्या मान्ने गरेको छ । उसले अनधिकृत टिकट विक्री रोक्न धेरै देशका उपभोक्ता संरक्षण एजेन्सीसहित स्थानीय अधिकारीको सहयोग लिने गरेको छ । जसले अनधिकृत टिकट बिक्री रोक्नेप्रयास गरिरहेका छन् । यसैबीच फिफाले टिकट बेच्नेवाला कम्पनी वायागोगोविरूद्ध ४ जुनमा आपराधिक उजुरी दर्ता गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.