विदेशबाट फर्किएर माछापालन
बर्दिबास : विदेशबाट फर्किएका र गाउँमा रहेका बेरोजगार युुवाले सामुुहिक रूपमा माछापालन सुुरु गरेका छन्। बर्दिबास नगरपालिकाको कालापानीका ३० जना युुवाले बगरमा पोखरी खनेर संयुुक्त रूपमा माछापालन सुुरु गरेका हुुन्। रातो युुवा कृषि समूह गठन गरेर बिदेसिएका युुवालाई स्वदेशमै राख्ने र गाउँका बेरोजगार युुवालाई आफ्नै ठाउँमा उद्यमी बनाउन युुवाले सामूहिक कृषि कर्म थालेका छन्। बीपी राजमार्गको कालापानीस्थित रातुुखोलाको पुुलभन्दा पश्चिमतर्फको नदी उकास जग्गामा पाँच वटा पोखरी खनेर उनीहरूले माछापालन थालेका छन्। जनताको तटबन्धले रातुु खोलाले कटान गर्दै आएको जग्गा कटानलाई तटबन्ध लगाएर सुुरक्षित बनाएपछि बगरको जग्गामा युुवा मिलेर पोखरी खनेर ३२ हजार ३० हजार माछाका भुुरा हालिएको समूहका अध्यक्ष अम्बरबहादुुर आलेले बताए।
रातुु खोलाले कटान गरी बगर बनाएको चार बिघा जग्गामा रातुु युुवा कृषक समूहले अढाइ बिघा पाँच पोखरी र अरु बाँकी जग्गामा कुुखुुरा, बाख्रापालनका लागि पाँच वटा पक्की गोठ निर्माण गरिरहेका छन्। १० कठ्ठा जग्गामा माटो हुुरेर बेमौसमी तरकारीखेती गर्न लागेका छन्।
मत्स्य केन्द्र जनकपुुरका माछा अधिकृत शशि मि श्रले समूहका सदस्यलाई माछा उत्पादनसम्बन्धी प्रक्षिण दिएपछि युुवाले दुुई महिना अघिबाट माछापालन सुुरु गरेका हुुन्। खोलामा बगेको जरुवा पानीलाई पोखरी खनेर जम्मा गरी माछापालन गरिएको समूहका सदस्य गणेश बस्नेतले बताए। पोखरीबाट सिँचाइ गरेर तरकारीखेती उब्जाउने उनको भनाइ छ।
नैनी, कमनकार्प, रहुुलगायत जातका माछा पोखरीमा राखिएको छ। विदेशबाट फर्किएका समूहका अध्यक्ष अम्बरबहादुुर आले, बलबहादुुर राजकोटी, डुुकेन्द्र राय, कृष्णबहादुुर श्रेष्ठ, पूर्णबहादुुर भण्डारीलगायतले विदेशमा भोगेको दुुःखबारे गाउँका युुवालाई सुुनाएपछि विदेशबाट फर्किएका र गाउँका युुवा संयुुक्त रूपमा कृषि उत्पादनमा जुुटेका हुुन्।
पोखरीमा नैनी, कमनकार्प, रहुुलगायत जातका माछापालन गरिएको छ।
माछापालन, कुुखुुरापालन र बेमौसी तरकारीखेतीका लागि युुवाले प्रतिव्यक्ति ५० हजारका दरले पहिलो चरणमा १५ लाख लगानी गरेका छन्।
माछापालनका लागि चुुरे क्षेत्रमा खनिएको जलाशय (पोखरी) ले बर्दिवासका २० हजार स्थानीयलाई वितरण गर्दै आईरहेको खानेपानी मुुहानलाई रिचार्ज गर्न सहयोग पुुगेको बर्दिवास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोला खडकाले बताए। पोखरी नजिकै रहेको सामुुदायिक वनमा रहेको चरा, निल गाई, मयूर, बाँदर जता वन्यजन्तुुलाई तिर्खा मेटाउन जलासयले सहयोग पुु¥याउने अपेक्षा गरिएको छ।