विश्वकपमा इङ्ल्यान्डको अनौठो कीर्तिमान

विश्वकपमा इङ्ल्यान्डको अनौठो कीर्तिमान

विश्वकप फुटबलको इतिहासमा इङ्ल्यान्डको नाममा एउटा गजबको कीर्तिमान जोडिएको छ । तीनवटा विश्वकपको कुनै पनि खेलको नियमित समय (९० मिनेट) मा पराजित नभई उपाधि होडबाट बाहिरिने इङ्ल्यान्ड एकमात्र राष्ट्र हो । ती तीनवटै विश्वकपमा इङ्ल्यान्ड या अतिरिक्त समयमा या त पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

 सन् १९८२ को विश्वकपको समूहगत चरणमा इङ्ल्यान्डले तीनवटै खेल नियमित समयमै जित्यो । दोस्रो चरणमा भने दुईवटै खेलमा गोलरहित बराबरीमा रोकिएपछि इङ्ल्यान्ड उपाधि होडबाट बाहिरियो ।

यसैगरी सन् १९९० को विश्वकपको प्रारम्भिक चरणमा दुई खेलमा बराबरी र एक खेलमा जितको नतिजा निकाल्दै इङ्ल्यान्ड समूह विजेता बन्यो । अन्तिम १६ टोलीबीचको भिडन्तमा इङ्ल्यान्डले बेल्जियमलाई अतिरिक्त समयमा १-० गोलले हरायो । 

क्वार्टरफाइनलमा पनि इङ्ल्यान्डले क्यामरुनलाई अतिरिक्त सयममा ३-२ गोलले पाखा लगायो ।

 सेमिफाइनल खेलमा भने पश्चिम जर्मनीसँग पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित हुँदै इङ्ल्यान्ड उपाधि होडबाट बाहिरियो । यद्यपि, तेस्रो स्थानका लागि भएको खेलमा इटालीले इङ्ल्यान्डलाई नियमित ९० मिटको समयै २-१ गोलले हराएको थियो । तर, यो खेलअघि नै इङ्ल्यान्ड उपाधि होडबाट भने बाहिरिइसकेको थियो ।

यसैगरी सन् २००६ को विश्वकपमा पनि इङ्ल्यान्ड नियमित ९० मिनेटको समयमा एउटा खेल पनि नहारी उपाधि होडबाट बाहिरियो । उक्त विश्वकपको प्रारम्भिक चरणमा दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको इङ्ल्यान्ड समूह विजेता बन्यो । 
अन्तिम १६ टोलीबीचको भिडन्तमा इङ्ल्यान्डले इक्वेडरलाई १-० गोलले हरायो । तर, इङ्ल्यान्ड क्वार्टरफाइनल खेलमा भने पोर्चुगलसँग पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित हुन पुग्यो । त्यतिबेला पनि निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.